
रानालाई भेट्रान अफ दी इयर अवार्ड
लन्डन । गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एसोसिएसनका कोषाध्यक्ष चक्रबहादुर रानाले ‘भेट्रान अफ दी इयर’ अवार्ड प्राप्त गरेका छन् । समुदायको हितका लागि स्वयंसेवा गरे वापत उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । आर्मड फोर्सेस डे २०१६ का अवसरमा गत २५ जुनका दिन आयोजित एक समारोहबीच उनले अवार्ड ग्रहण गरेका थिए ।
गुल्मी लिम्घा १ स्थायी निवासी ७३ वर्षीय रानाले झण्डै २० वर्ष ब्रिटिश आर्मीमा बिताएर अवकास लिएका थिए । उनी हङकङमा केही वर्ष नोकरी गरेपछि सन् २००८ यता यूकेमा स्थायी बसोवास गरिरहेका छन् । उनी छोरा बुहारीका साथ प्लमस्टिड बस्छन् ।
कुनै बेला गाउंमा प्रधानपञ्च भएर १० वर्ष बिताएका उनले आफ्नो पालामा पुल, बाटो, नहर, स्कुल, मन्दिर, पौवा आदि बनाएको स्मरण गरे । ‘म जहां गएपनि समाजसेवामै रमाउंछु’, रानाले भने, ‘अब बांकी जीवन यही काममा बिताउंछु ।’
गुल्मी जिल्ला समाज यूके अध्यक्ष राम गलामीले सल्लाहकार रानालाई बधाई दिएका छन् । गलामीले राना समाजको अभिभावक भएको जनाउंदै उनी सम्मानित हुंदा समाजकै इज्जत बढेको बताए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई