
लन्डन । गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एसोसिएसनका कोषाध्यक्ष चक्रबहादुर रानाले ‘भेट्रान अफ दी इयर’ अवार्ड प्राप्त गरेका छन् । समुदायको हितका लागि स्वयंसेवा गरे वापत उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । आर्मड फोर्सेस डे २०१६ का अवसरमा गत २५ जुनका दिन आयोजित एक समारोहबीच उनले अवार्ड ग्रहण गरेका थिए ।
गुल्मी लिम्घा १ स्थायी निवासी ७३ वर्षीय रानाले झण्डै २० वर्ष ब्रिटिश आर्मीमा बिताएर अवकास लिएका थिए । उनी हङकङमा केही वर्ष नोकरी गरेपछि सन् २००८ यता यूकेमा स्थायी बसोवास गरिरहेका छन् । उनी छोरा बुहारीका साथ प्लमस्टिड बस्छन् ।
कुनै बेला गाउंमा प्रधानपञ्च भएर १० वर्ष बिताएका उनले आफ्नो पालामा पुल, बाटो, नहर, स्कुल, मन्दिर, पौवा आदि बनाएको स्मरण गरे । ‘म जहां गएपनि समाजसेवामै रमाउंछु’, रानाले भने, ‘अब बांकी जीवन यही काममा बिताउंछु ।’
गुल्मी जिल्ला समाज यूके अध्यक्ष राम गलामीले सल्लाहकार रानालाई बधाई दिएका छन् । गलामीले राना समाजको अभिभावक भएको जनाउंदै उनी सम्मानित हुंदा समाजकै इज्जत बढेको बताए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते