सुशन फालमाउथ क्रिकेट क्लबमा अनुबन्ध

135660

नरेशबहादुर बुढाएर

लन्डन । नेपाली दुई क्रिकेट खेलाडी नरेशबहादुर बुढाएर र सुशन भारी अलगअलग देशका क्रिकेट क्लबमा अनुबन्ध भएका छन् ।

ब्याट्सम्यान बुढाएर क्यानाडाको टोरोन्टोस्थित बुल्मफिल्ड क्रिकेट एकेडेमीमा तथा बायाँ हाते स्पिनर भारी इङ्ग्ल्यान्डको क्रनवालस्थित फालमाउथ क्रिकेट क्लबमा अनुबन्ध भएका हुन् ।

क्लबले बुढाएरलाई यसै वर्षको अक्टोबर र भारीलाई सेप्टेम्बरसम्मका लागि अनुबन्ध गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायके र आफ्नो पहलमा उनीहरू विदेशी क्लबमा अनुबन्ध भएको नेपाल क्रिकेट खेलाडी संघले जनाएको छ ।

संघका महासचिवसमेत रहेका नेपाली टोलीका कप्तान पारस खड्काका अनुसार क्लबले नेपाली खेलाडीलाई खाने, बस्ने, हवाई टिकट उपलब्ध गराएको छ । दुवै खेलाडी भोलि (बुधबार) क्यानाडा र बेलायत प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री