
प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चारमन्त्री शेरधन राई ‘फान अवार्ड’का विजेता कलाकारको सम्मानमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा कलाकारसँग । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अब चलचित्र र गीतसङ्गीत निर्माण गर्दा राष्ट्रिय एकता र विकासका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।
‘फान अवार्ड’का विजेता कलाकारका सम्मानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा उहाँले राजनीतिसँगै कला, साहित्य, अर्थतन्त्र लगायत सबैको घुम्ती र मोड परिवर्तन भयो, अब व्यङ्ग्य कलाकारले असन्तुष्टि मात्र होइन सहमति, सहकार्य र विकासका विषयलाई समेत प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो ।
प्रधानमन्त्रीले नेपाल चलचित्र कलाकार सङ्घ (फान) द्वारा शनिबार प्रदान गरेको ‘फान अवार्ड’ र तिनका विजेतातिर लक्ष्य गर्दै भन्नुभयो, “यस अवार्डले ९०÷९२ वर्षका हरिप्रसाद (रिमाल)देखि २०, २२ वर्षका अनमोल (केसी)बीचको जेनेरेसन ग्यापलाई मिलाइदिएको छ ।” उहाँले देश विकासमा योगदान पुरयाउन कलाकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, नायक राजेश हमाल, फानका अध्यक्ष रामकेशर बोगटी लगायत २०० भन्दा बढी कलाकार सहभागी थिए ।
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने