यस्तो बन्दैछ नेपाल हाउस, हालसम्म डेढ लाख पाउण्ड संकलन

13570075_1293935220634612_1410194675_o

लन्डन । ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? ‘हाम्रो घर हाम्रो गौरव ।’ गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) अहिले यही नारा लिएर बेलायतवासी नेपालीमाझ गइरहेको छ उसको महत्वकांक्षी ‘नेपाल हाउस’ प्रोजेक्टका लागि आर्थिक सहयोग जुटाउन ।

संघले शनिबार अल्डरसटस्थित एम्पायर ब्यांक्यूटिङ हलमा आर्थिक सहयोग जुटाउने उद्देश्यले एक च्यारिटी कार्यक्रम गरेको छ । उपस्थिति सोचेजस्तो नभएपनि मनकारी नेपालीले घर बनाउन आफ्नो गच्छे अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठका अनुसार, शनिबारको च्यारिटीमा ८०३६९.७७ पाउण्डसहित हालसम्म उक्त प्रोजेक्टका लागि एक लाख ५१ हजार १९४ पाउण्ड ७६ पेन्स सहयोगको प्रतिवद्धता आइसकेको छ । संघलाई पिरलो चाहिं मानिसले बोलेका रकम समयमा उठ्छ कि उठ्दैन भन्ने छ । प्रवक्ता खुशी लिम्बुले अब प्रोजेक्टले गति लिइसकेको जनाउंदै चन्दा संकलन 
अभियान जारी राखिने बताए ।

१.४१६७ हेक्टर जमिन खरिद गरि बनाउन खोजिएको नेपाली कला संस्कृति झल्काउने नेपाल घरका लागि करिब २.२ मिलियन पाउण्ड खर्च लाग्ने प्रारम्भिक अनुमान छ । सेप्टेम्बर २०१६ सम्म जमिन खोजी सक्ने, प्लानिङ आवेदन डिसेम्बर २०१६ सम्म, प्लानिङ अप्रुभल मार्च २०१७ सम्म लिइसक्ने, कन्ट्रयाक्टर छनोट मे २०१७ सम्म र काम शुरु जुलाई २०१७ बाट गरि डिसेम्बर २०१८ सम्म भवन उद्घाटन गर्ने योजना संघको छ ।

महासचिव विजय विक्रम लिङदेनले सञ्चालन गरेको पहिलो चरणको च्यारिटी कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरनले संघको उक्त प्रोजेक्टका लागि शुभकामना दिंदै दूतावासबाट हुन सक्ने सहयोग भइरहने आश्वासन दिए । उनले यसबाट नेपाली कला संस्कृति विदेशमा जिवन्त राख्न सघाउने बताए । ‘हाम्रो एकमात्र परिचय नेपाली हो, यस घरले नेपालीपन र नेपालीत्व झल्काउंछ भन्ने मेरो विश्वास छ’, आरनले भने ।

उक्त अवसरमा संघले भर्खर जिम्मेवारी सम्हालेका कार्यवहाक राजदूत आरनलाई खादाले स्वागत तथा सम्मान गर्यो । अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए युरोप संयोजक कुल आचार्य, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, डमर घले, योगेन क्षेत्री, महेन्द्र कंडेल, आइसीसी सदस्यहरु कृष्ण तिमिल्सेना, संगिता मरहट्ठा, सुष्मा राई लगायतले कार्यवहाक राजदूतलाई खादाले सम्मान गरेका थिए ।

13582469_1293935230634611_572149048_o

अध्यक्ष मुछेत्र गुरुङले चार वर्षसम्म सक्ने लक्ष्य राखिएको उक्त प्रोजेक्टले नेपाली नयां पुस्तालाई नेपालसंग जोडिरहने र नेपालप्रतिको माया एवं सम्वन्ध अरु प्रगाढ बनाउन मद्दत गर्ने बताए । उनले नेपाल हाउसले नेपाली कला संस्कृति र वीर गोर्खालीको साहस प्रतिबिम्बित गर्ने पनि उल्लेख गरे । यस प्रोजेक्टलाई आफ्नो सम्झेर चन्दा दिन पनि अध्यक्षले अनुनय गरेका छन् ।

इन्जिनियर राजेश पाठकले नेपाल हाउस कस्तो हुन्छ भन्ने प्रारुप (तल हेर्नुस्) बारे जानकारी दिए ।

कार्यक्रम शुरु हुनु अघि सदस्य डा. राजेन्द्र थापाले हेल्थ एण्ड सेफ्टी नियमबारे अवगत गराए भने नेपाल हाउस प्रोजेक्टका संयोजक एवं एनआरएनए यूके उपाध्यक्ष योगकुमार फगामीले स्वागत मन्तव्य दिए । फगामीले बेलायतवासी नेपालीहरुको साझा सम्पत्ति ‘नेपाल घर’ का लागि तन, मन र धन सबैबाट निरन्तर रहिरहने अपेक्षा पनि गरे ।

लक्ष्मी गुरुङले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य र गीत प्रस्तुत गरेका थिए । किशोर पुनले राष्ट्रिय गीतहरु गाए भने सयपत्री कल्चरल ग्रुपका कविता घर्तीमगर, पुष्पा गुरुङ, सुवास गुरुङ, प्रभु गुरुङले सामूहिक नृत्य देखाएका थिए । सुरक्षा राना, प्रनिम गुरुङ, समिता घोताने, दिव्या थुलुङ राई, कल्पना तेयुङ लिम्बु, अर्पना गुरुङ, पुष्पा पुन, तेज गुरुङ लगायतले पनि आफ्नो नाच प्रस्तुत गरे ।

13570257_1293935227301278_1372658650_o

नेपाल घर कस्तो हुन्छ ?

– ६ सय जना अट्ने सम्मेलन कक्ष, लाइब्रेरी, क्याफे
– सोभिनर सप, गोर्खा संग्रहालय, बैठक कक्ष
– दुई सय कार र दुई वटा बसका लागि पार्किङ व्यवस्था
– डबल बेडरुमको १६ अतिथी आवास कोठा

तस्विरहरुः मिलन तमु

13503025_1644876192499761_6873528165001265286_o

13509850_1293935217301279_194732268_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री