बिहीबार, कार्तिक ६ २०७७ | Thu, October 22, 2020
नेपालको समय: ०९:५८ | UK Time: 05:13

नेपाली मेला २८ अगष्टमा

वीनेपाली
२०७३ असार १८ गते २२:३२

nepali mela 2016 poster
लन्डन । तमुधिं यूकेले वर्षेनी आयोजना गर्ने नेपाली मेला यसवर्ष अगष्ट २८ तारिख आइतबार हुने भएको छ । केम्पटन पार्क रेस कोर्स, सनबरी थेम्स्मा मेला हुन लागेको हो ।

तमुधिंको गोर्खा कप पछि वृहत मानिने उक्त मेला बिहान साढे १० देखि सांझ ८ बजेसम्म चल्नेछ । मेलामा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाले भाग लिनेछन् । यसलाई सांस्कृतिक पर्वकै रुपमा लिइन्छ ।

मेलामा ब्रिगेड ब्याण्ड तथा तन्नेरीहरुको विशेष प्रस्तुति, एम्बेसडर कप, सांस्कृतिक झांकी प्रतियोगिता, ट्होटे पर्व, मनोरन्जनात्मक खेल, नेपाली परिकार तथा उत्पादनका स्टल, बीबीक्यू आदि मुख्य आकर्षण रहने मेला संयोजक नन्द जंग गुरुङले जानकारी दिए ।

तमुधिं यूकेले मेलामा सहभागी हुन सबैमा अनुरोध गरेको छ । तमुधिंले आयोजना गरेपनि मेला समस्त नेपालीको भएको उसले स्पष्ट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक