
लन्डन । नेपालमा लगानी गर्न बेलायती व्यवसायीलाई आग्रह गरिएको छ । साउथ इष्ट लन्डन च्याम्बर अफ कमर्सका प्रतिनिधिहरु सम्मिलित एक भेटघाटमा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीले नेपालमा लगानीका प्रचुर सम्भावना रहेको बताएका हुन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा समेत आयोजित उक्त दिवा भोजमा व्यवसायी भण्डारीले नेपालमा लगानी र व्यापार व्यवसाय गर्न बेलायती व्यवसायीलाई प्रेरित गरे । उनले नेपाल भ्रमणका लागि सुरक्षित रहेको जानकारी दिंदै नेपालको पर्यटन प्रवर्धन हुने भिडियो सामाग्रीसमेत प्रदर्शन गरे ।
भण्डारीले आगामी जुलाई १९ मा लर्डस क्रिकेट ग्राउण्डमा नेपाली टिम र एमसीसीबीच मैत्रीपूर्ण खेल हुन लागेको जानकारी दिंदै खेलमा सहभागी भएर नेपालको पुनर्निर्माणमा सघाउन अपिल गरेका थिए । उनले भूकम्पपछि स्वतस्फूर्त सहयोग गर्ने बेलायतीलाई धन्यवाद समेत दिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा