लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आफ्नो महत्वकांक्षी नेपाल हाउस प्रोजेक्टका लागि आर्थिक सहयोग जुटाउन आज शनिबार अल्डरसटमा च्यारिटी कार्यक्रम गर्ने भएको छ । अल्डरसटको एम्पायर ब्यांकक्यूटिङ हलमा मध्यान्ह १२ देखि सांझ ७ बजेसम्म च्यारिटी कार्यक्रम गर्न लागिएको हो ।
संस्थाका अध्यक्ष मुछेत्र गुरुङले च्यारिटीमा सहभागी भइदिन बेलायतवासी समस्त नेपालीमा अपिल गरेका छन् । संघले कबुलमात्र होइन, प्रोजेक्टलाई आफ्नो ठानेर आर्थिक सहयोग प्रदान गर्न आग्रह गरेको छ ।
संघले बेलायतवासी नेपालीको साझा घरका रुपमा कम्तीमा १.५ मिलियन पाउण्डको लगानीमा नेपाल हाउस बनाउने योजना अघि सारेको छ । यसको शिलान्यास यही वर्षको अन्तिम र अर्को वर्षको फेब्रुअरीतिर निर्माण शुरु गरेर सन् २०१९ सम्म समापन गर्ने योजना संघको छ ।
तर, यत्ति खर्चिलो प्रोजेक्ट सम्पन्न गर्न ठूलो चुनौती संघलाई छ । सर्वसाधारण च्यारिटी दिंदा दिंदा वाक्क भइसकेका र समाजका अगुवा भनिनेहरु पनि नाम आउने लोभले चन्दा रकम कबुल गर्न उत्साहित हुने तर समयमा नदिने वा पछि अन्य कुनै बहानामा टार्ने प्रवृत्तिले यसमा जोखिम अत्यधिक रहेको हो ।
विगतमा हाइड्रो प्रोजेक्ट होस् वा काठमान्डूमा एनआरएनए भवन बनाउन, सहयोग गर्छु भनेर बोल्ने धेरै निस्किए पनि पैसा दिने बेला सबै गायब भएको प्रसंग नौलो होइन यो समाजमा ।
बेलायतमा करिब एक लाख ५० हजार नेपाली भएकाले १.५ मिलियन पाउण्ड उठाउन असम्भव होइन तर यसका लागि प्रतिवद्ध भएर सबैजना लाग्न जरुरी छ । संघले ५०१ जनाको फण्ड रेजिङ मुल कमिटी गठन गरि उक्त समितिले जनही कम्तीमा एकहजार पाउण्ड संकलन गर्ने लक्ष्य लिएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा