
लन्डन । किरात राइ यायोख्या यूके (किराया) ले वृद्धवृद्धालाई क्रिकेट खेलको टिकेट निशुल्क उपलब्ध गराउने भएको छ । किराया
१९ जुलाई २०१६ का दिन नेपाली क्रिकेट टिम र एमसीसीबीच लर्डस मैदानमा हुने मैत्रीपूर्ण खेलको टिकेट निशुल्क उपलव्ध गराउने निर्णय भएको अध्यक्ष पदम राईले जानकारी दिए ।
नेपाली दूतावासले बेलायतस्थित सबै नेपाली संघ संस्थालाई आ आफ्नो तर्फबाट सकेसम्म धेरै दर्शक सहभागी गराएर नेपाली टिमको मनोबल बढाइदिन अनुरोध गरिरहंदा किरायाले यस्तो निर्णय गरेको हो । राई जातीका वृद्धवृद्धालाई मात्र टिकेट उपलव्ध गराइनेछ ।
‘इभेन्ट हाम्रो देशको इज्जत र बेलायतबासी नेपालीहरुको एकतासंग जोडिएकाले पनि हामीले वृद्धवृद्धालाई इभेन्टमा निशुल्क टिकेट र जतिसक्दो उल्लेख्य दर्शक लैजाने निर्णय गरेका हौं’, राईले भने ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा क्रिकेट खेल हुन लागेको हो । खेल खेल्न क्याप्टेन पारस खड्कासहित १४ खेलाडी र अफिसियल यही जुलाई ११ मा लन्डन आउने कार्यक्रम छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते