लन्डन । १९ जुलाइमा लर्डस क्रिकेट मैदानमा हुने नेपाली टिम र एमसीसीबीचको मैत्रीपूर्ण खेल सफल बनाउन तमुधिं यूकेले उपाध्यक्ष ज्ञाम गुरुङलाई संयोजक तोकेको छ ।
उक्त खेलमा कम्तीमा दश हजार दर्शक उतार्न बेलायतको समस्त नेपाली समुदाय लागिरहंदा तमुधिंले उपाध्यक्ष गुरुङलाई संयोजक तोकेको हो । उपाध्यक्ष गुरुङ तमुधिंले गर्ने विशाल इभेन्ट गोर्खा कप र नेपाली मेला सफल बनाउन प्रमुख भूमिका निर्वाह गर्ने व्यक्ति हुन् ।
बेलायतमा सबैभन्दा ठूलो जातीय संस्था मानिने तमुधिंले खेलमा प्रत्यक्ष सहभागिता जनाउने भएपछि दर्शक उपस्थिति उल्लेख्य हुने अपेक्षा गरिएको छ । संयोजक गुरुङले खेल सफल बनाउन आफ्नो तर्फबाट सक्दो पहल हुने बताए । सह संयोजकमा क्याप्टेन पिताम्बर गुरुङलाई तोकिएको छ ।
यसअघि एनआरएनए यूकेले उपाध्यक्ष हिराधन राईलाई संयोजक र नेपाल पत्रकार महासंघ बेलायतले शाखाका सल्लाहकार नवीन पोखरेललाई प्रचार प्रसार संयोजक तोकिसकेको छ । लन्डनस्थित नेपाली दूतावासको संयोजकत्वमा गठित विभिन्न समितिमा दीपक श्रेष्ठ, राजन खकुरेल, एभरेष्ट गौतम, गणेश खड्का, कृष्णप्रसाद शर्मा, कृष्ण तिमिल्सेना लगायत व्यक्ति जुटिरहेका छन् ।
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह