लन्डन । १९ जुलाइमा लर्डस क्रिकेट मैदानमा हुने नेपाली टिम र एमसीसीबीचको मैत्रीपूर्ण खेल सफल बनाउन तमुधिं यूकेले उपाध्यक्ष ज्ञाम गुरुङलाई संयोजक तोकेको छ ।
उक्त खेलमा कम्तीमा दश हजार दर्शक उतार्न बेलायतको समस्त नेपाली समुदाय लागिरहंदा तमुधिंले उपाध्यक्ष गुरुङलाई संयोजक तोकेको हो । उपाध्यक्ष गुरुङ तमुधिंले गर्ने विशाल इभेन्ट गोर्खा कप र नेपाली मेला सफल बनाउन प्रमुख भूमिका निर्वाह गर्ने व्यक्ति हुन् ।
बेलायतमा सबैभन्दा ठूलो जातीय संस्था मानिने तमुधिंले खेलमा प्रत्यक्ष सहभागिता जनाउने भएपछि दर्शक उपस्थिति उल्लेख्य हुने अपेक्षा गरिएको छ । संयोजक गुरुङले खेल सफल बनाउन आफ्नो तर्फबाट सक्दो पहल हुने बताए । सह संयोजकमा क्याप्टेन पिताम्बर गुरुङलाई तोकिएको छ ।
यसअघि एनआरएनए यूकेले उपाध्यक्ष हिराधन राईलाई संयोजक र नेपाल पत्रकार महासंघ बेलायतले शाखाका सल्लाहकार नवीन पोखरेललाई प्रचार प्रसार संयोजक तोकिसकेको छ । लन्डनस्थित नेपाली दूतावासको संयोजकत्वमा गठित विभिन्न समितिमा दीपक श्रेष्ठ, राजन खकुरेल, एभरेष्ट गौतम, गणेश खड्का, कृष्णप्रसाद शर्मा, कृष्ण तिमिल्सेना लगायत व्यक्ति जुटिरहेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा