श्री पञ्चकोशी (आर्थर डांडाखर्क) समाज यूकेमा नयां नेतृत्व

13528290_591023624412336_6249960241658945078_o

लन्डन । श्री पञ्चकोशी (आर्थर डांडाखर्क) समाज यूकेको नवौं बार्षिक भेला गत २५ जुनमा  सम्पन्न भएको छ । अल्डरसोट स्थित कनोट लेजर सेन्टरमा समाजका अध्यक्ष कमल गुरुङको अध्यक्षतामा भेला भएको हो । जेष्ठ नागरिक (बयोबृद्ध) श्रीमती आइती कुमारी गुरुङले दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

कार्यक्रमको शुरुमा समाजका उपाध्यक्ष गोबिन्द गुरुङले हलमा पालना गर्नुपर्ने स्वस्थ्य र सुरक्षा सम्बन्धी जानकारी गराउंदै कार्यक्रम सञ्चालन गरेका थिए भने यस वर्षभर नेपाल र बेलायतमा दिवंगत भएका समाजका सदस्यहरुको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरियो ।

करिब ३ सय सहभागी उक्त भेलामा समाजका उपाध्यक्ष गोबिन्द गुरुङले स्वागत मन्तब्य दिए । त्यसैगरि अध्यक्ष कमल गुरुङले धन्यबाद मन्तब्य राख्दै समाजले संस्थागत रुपमा गरेका विभिन्न महत्वपूर्ण कार्यबारे अवगत गराए । उनले संस्थाबाट विगतमा श्री पञ्चकोशी (आर्थर डांडाखर्क) समाज पोखराको बहुउद्देश्यीय समाजिक भवन निर्माण र आर्थर गाउंको श्री पञ्चकोशी उच्च माध्यमिक विद्यालय परिसरको पर्खाल, कांडे तार बार र सुन्दर प्रवेशद्वार निर्माणमा उल्लेख्य आर्थिक सहयोग गरि परियोजनाहरु सम्पन्न गरेको जानकारी दिए । अध्यक्षले यसै वर्ष आर्थर डांडाखर्क गाविसको स्वास्थ्य चौकीमा प्रसुति कक्षा सञ्चालन गर्नका लागि अति आवश्यक सामाग्री खारिद गर्न २ लाख ३६ हजार ६१० रुपैयां र पञ्चासे बनको आगलागीमा आगो नियन्त्रण गर्ने क्रममा गम्भीर घाइते भएका रबिन गुरुङको उपचारार्थ १ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको पनि जनाए । उनले चन्दादाता र सहयोगी सबैप्रति आभार समेत व्यक्त गरे ।

समाजका उपाध्यक्ष गोबिन्द गुरुङले आफ्नो संयोजनमा डांडाखर्क निवासी विद्यार्थी अतुल गुरुङको उपचार सहयोगार्थ झण्डै ४ हजार पाउण्ड संकलन गरी २ हजार पाउण्ड हस्तान्तरण गरिएको र संकलित बांकी रकम अतुलको आवस्यकता अनुसार निकट भविष्यमा हस्तान्तरण गरिने जानकारी भेलालाई गराएका थिए ।

कार्यक्रममा समाजका जेष्ठ नागरिक, नव बिवाहित दम्पति, बेलायती सैनिक सेवामा पदोन्नति भएका, शैक्षिक सत्र २०१५ र १६ मा विभिन्न विद्यामा शैक्षिक योग्यता हासिल गरेका समाजका सदस्य, छोरा, छोरी साथै कार्यक्रमलाई सफलतापूर्बक सम्पन्न गर्न विभिन्न तहबाट आर्थिक, भौतिक एवं नैतिक सहयोग गर्ने ब्यक्तित्वहरुलाई समाजका अध्यक्ष कमल गुरुङ, संस्थापक अध्यक्ष क्याप्टेन कृष्ण प्रसाद गुरुङ र पूर्ब अध्यक्ष शिवशरण गुरुङले खादा ओडाइ सम्मान गरे ।

यसैगरि कार्यक्रममा अध्यक्ष कमल गुरुङको नेतृत्वमा रहेको तेस्रो कार्य समितिले ३ बर्षे कार्यकाल पुरा गरि मेजर समुन्द्र गुरुङको नेतृत्वमा नव गठित चौंथो कार्य समितिलाई पदभार हस्तान्तरण गरेको छ । अध्यक्ष कमल गुरुङले नव गठित चौथो कार्य समितिका पदाधिकारीहरु क्रमशः अध्यक्ष मेजर समुन्द्र गुरुङ, उपाध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङ, सचिब राज बहादुर गुरुङ, कोषाध्यक्ष विशाल गुरुङ र मनोरंजन संयोजक दुर्गा बहादुर गुरुङलाई खादा लगाएर बधाई तथा शुभकामना दिंदै स्वागत गरेका थिए।

पद भार ग्रहण पश्चात मन्तब्य राख्ने क्रममा नव नियुक्त अध्यक्ष मेजर समुन्द्र गुरुङले ठूलो जोस जांगर र उत्साहका साथ नयां दृष्टिकोण र योजनाहरु लिएर समाज र गाउंलाई अझ उचाईं एवं समृद्धि तर्फ लैजाने प्रतिवद्धता ब्यक्त गरे । नव नियुक्त अध्यक्ष गुरुङले आर्थर डांडाखर्क समाजलाई ग्लोबल अवधारणको नयां रुप, दृष्टिकोण र सोच अनुरुप अगाडि बढाउने योजनाबारे संक्षिप्त जानकारी गराएका थिए । साथै उनले ग्लोबल अवधारणाको महत्वकांक्षी आर्थर डांडा खर्क गाउं विकास परियोजना सम्पन्न गर्न सबैबाट ठूलो सहयोग अपरिहार्य रहेको बताउदै सहयोगका निम्ति सबैलाई आग्रह गरेका थिए ।

समाजले समाजको परिवर्तनकारी शक्ति युवा जगतको जोस, जांगर र उत्साहलाई सृजनशिल कार्यमा रुपान्तरण गर्न र सामाजिक सेवा अभियानमा युवा सहभागिता बृद्धि गराउन चौंथो कार्य समितिमा डा. बिशाल गुरुङ र सुश्री दुची माया गुरुङको नेतृत्वमा श्री पञ्चकोशी (आर्थर डांडाखर्क) समाज यूके युवा समिति पनि गठन गरेको छ । नव नियुक्त युवा समितिका पदाधिकारी तथा सदस्यहरुलाई चौंथो कार्य समितिका अध्यक्ष मेजर समुन्द्र गुरुङले खादा लगाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा दिपक गुरुङको गोर्खा स्वायर रेष्टुरेन्ट तथा केटरिङ सर्भिसले खाना र पेय पदार्थ ब्यबस्थापन राजेस गुरुङले गरेका थिए । त्यसैगरि, प्रवेश टिकट ब्यवस्थापनमा ढकबहादुर गुरुङ र राज बहादुर गुरुङले सहयोग गरेका थिए । समाजका कलाकारहरुले प्रस्तुत गरेका विभिन्न गीत र नृत्यहरुमा 
सहभागीले मनोरन्जन लिएका थिए । श्रीमती बिमला गुरुङ, श्रीमती सम्जना गुरुङ, श्रीमती जितमाया गुरुङ, रक्षे बहादुर गुरुङ र कमल गुरुङले नृत्य प्रस्तुत गरे भने सपन राई, श्रीमति मन्जु गुरुङ (राई) र काजी गुरुङले सुमधुर गीतहरु गाए । दुर्गा बहादुर गुरुङको संयोजन एवं सुश्री उरुप्सा गरुङ र सुश्री मान्सी गुरुङको सञ्चालनमा राफल ड्र गरिएको थियो । डिजे लेख रानाको म्यूजिक सिस्टम तथा डिजेमा उपस्थित सबैले नाचेर भरपुर मनोरञ्जन लिए । मध्यान्ह १२ बजे आरम्भ भएको वार्षिक भेला बेलुका ९ बजे अन्त्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री