शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: २१:१९ | UK Time: 15:34

जुलाई १ बाट कार्यवहाक राजदूतमा आरन

वीनेपाली
२०७३ असार १६ गते १:२४
तस्विरः बीरेन्द्र श्रेष्ठ

तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । लन्डनस्थित नेपाली दूतावासले जुलाई १ बाट औपचारिक रुपमा नयां कार्यवहाक राजदूत पाउने भएको छ । शरदराज आरनले तेजबहादुर क्षेत्रीलाई रिप्लेस गर्न लागेका हुन् । कार्यवहाक राजदूत क्षेत्रीको विदाइ समारोहमा बुधबार उनलाई स्वागत गरियो ।

वि.स. २०६० सालदेखि निजामति सेवामा प्रवेश गरेका आरन लन्डन आउनुअघि काठमान्डूस्थित राहदानी विभागमा कार्यरत थिए । 
ब्राजिलका लागि नेपाली दूतावासमा रहेर काम गरिसकेका आरनको यूके दोश्रो पोष्टिङ हो । उनले आफ्नो कार्यकालमा बेलायतस्थित नेपाली डायस्पोराबाट उल्लेख्य सहयोग, सुझाव र मार्गदर्शन पाउने आशा व्यक्त गर्दै नेपाली समुदायको हितका लागि आफू सधैं कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक