लन्डन । ‘स्वागत भन्दा जति उत्साह र उमंग हुन्छ, विदाइ भनेपछि अलिक नराम्रो लाग्ने रहेछ’, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले बुधबार सांझ दूतावासमा भने, ‘क्षेत्रीजीले चार वर्ष बेलायत रहंदा नेपाली समुदायलाई लगाएको गुन र दूतावासको भौतिक संरचना परिवर्तनले उहां सधैं हाम्रो मानसपटलमा रहिरहनुहुनेछ ।’
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको अन्तिम विदाइ कार्यक्रम हुंदै थियो दूतावास भवनमा । हल खचाखच थियो, सायद उनको अन्तिम कार्यक्रम भनेर हुनसक्छ । क्षेत्री पनि मन्तव्यका क्रममा बडो भावुक भए । ‘तपाईंको माया र लन्डनमा बिताएका सुःखद क्षण सबै छाडेर फर्कनुपर्दा मनमा नरमाइलो लागेको छ’, क्षेत्री भन्दै थिए, ‘समयले साथ दियो भने यूकेमै नत्र नेपाल वा जहां भेटे पनि मेरो सहयोग तपाईंहरुलाई रहिरहनेछ । वी गन्न मिस यू अल ।’
सन् २०१२ अप्रिलमा डेपुटी चिफ अफ मिसनका रुपमा लन्डन दूतावास आएका क्षेत्रीले दुई वर्ष भन्दा बढि समय कार्यवहाक राजदूतका रुपमा व्यतित गरे । कार्यवहाक राजदूत हुन पाउनु अवसर र चुनौती दुवै थियो । यस अवधिमा विभिन्न समारोहबीच बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापना र गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइयो । महाभूकम्प क्षेत्रीकै कार्यकालमा गयो । दूतावास भवन मक्किएर मर्मत सम्भारको टेन्सन उनैमाथि आइलाग्यो । यी विविध उतारचढाव क्षेत्रीले सहजै सामना गरेकाले उनको प्रशंसा गर्ने अधिक थिए कार्यक्रममा । ‘हामी फेरि क्षेत्रीलाई राजदूतका रुपमा स्वागत गर्न चाहन्छौं’, कतिपयको चाहना थियो ।
आफ्नो प्रिजेन्टेसनका क्रममा क्षेत्रीले महाभूकम्पका बेला दूतावासमार्फत करिब ७ करोड रुपैयां नेपाल पठाउन सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गरे । उनले कुटनीतिक क्षेत्रमा आफ्नो पहल, एमआरपी बनाउन चालिएको घर दैलो अभियान, दूतावासको मर्मत सम्भार, स्थानीय समुदायसंग समायोजन, पर्यटन प्रवर्धन आदिमा सक्दो योगदान गरेको पनि बताए । ‘काम गर्ने क्रममा केही त्रुटी भए माफ दिनुहुनेछ’, दुःख मिश्रित मुद्रामा उनले भने । क्षेत्रीले बेलायत र नेपाल दुवैबाट भएका उच्चस्तरिय भ्रमणमा दूतावासको संलग्नताबारे पनि अवगत गराए ।
कार्यक्रममा क्षेत्रीको जिम्मेवारी सम्हाल्न आएका शरदराज आरनले पनि मन्तव्य दिए । उनले आफ्नो कार्यकालमा नेपाली डायस्पोराबाट उल्लेख्य सहयोग, सुझाव र मार्गदर्शन पाउने आशा व्यक्त
गर्दै नेपाली समुदायको हितका लागि आफू सधैं कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरे ।
एट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले क्षेत्रीले नेपाली समुदायमा गरेको योगदानको चर्चा गरेका थिए ।
एनआरएनए यूके कोषाध्यक्ष, कपिलवस्तु समाज यूकेका अध्यक्ष र जुलाइ १९ मा लर्डसमा हुन लागेको नेपाली क्रिकेट टिम र एमसीसी बीचको मैत्रीपूर्ण खेल आयोजक समितिका आर्थिक संयोजक दीपक श्रेष्ठले खेल र अर्थ संकलनको विवरण दिए । उनले राष्ट्रको इज्जतसंग जोडिएको खेल सफल बनाउन सबैमा आग्रह समेत गरे ।
बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका करिब डेढसय सहभागी उक्त कार्यक्रममा लोकगायक गायिका बमबहादुर कार्की र शिवा आलेले सांगीतिक माहोलमा दर्शक नचाए । उनीहरुको पानको पात…लय नै बढि आकर्षणमा रह्यो ।
क्षेत्री यही जुलाइ १ मा सपरिवार स्वदेश फर्कने कार्यक्रम छ ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई