लण्डन । नेपालबाट अाएका कलाकार जितेन राई र गायिका सरला राईले बेलायतकाे अासफाेर्डमा सांगीतिक प्रस्तुति दिएका छन् ।
२५ जुनका दिन बेलायतस्थित आस्फोर्डको साइमन चर्च हलमा नेपालबाट आएका बरिष्ठ गायक, गीतकार तथा संगितकार जितेन राई, चर्चित गयिका सरला राई र स्थानिय कलाकारहरुले बेजोड सांगीतिक कार्यक्रम दिए ।
किरात राई प्रारम्भिक कमिटीका अध्यक्ष ध्यानबहादुर राईले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज आस्फोर्डका अध्यक्ष चक्र बहादुर राईले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । नेपालबाट सांगीतिक कोशेलीका साथमा आएका कलाकारद्धयलाई विभिन्न संघसंस्थाबाट उपस्थित प्रतिनिधिहरुले खादा र फूल लगाएर सम्मान गरेका थिए ।
आफ्नो गीत पस्कनु अगाडि बरिष्ठ गायक जितेन राईले सम्पूर्ण बेलायतबासीलाई सम्वोधन गर्दै संगीतप्रेमी नेपाली मनहरुसमक्ष संगीतको माध्यमबाट साक्षात्कार हुन पाएकोमा आफू ज्यादै खुशी भएको र यो अवसर प्रदान गरेकाेमा कलाकार संघ बेलायतलाई ह्रदयबाट धन्यवाद ज्ञापन गरे।
किरात राई यायोक्खा बेलायत र किरात राई साँस्कृतिक कलाकार संघ युकेको सयुंक्त आयोजनामा प्रस्तुत गरिएको सांगीतिक कार्यक्रमलाई अगाडि बढाउने क्रममा नेपालका कलाकारद्धय र कलाकार सघं युकेका सम्पूर्ण कलाकारहरुद्धारा किराति मिथकमा आधारित ‘मट्टिको कसम शिरोपर… ‘ बोलको गीत गएर गीत संगीतको थालनी गरेका थिए ।
गायक जितेन राईले ‘ए,पूर्वै धरान जन्म त गाउँ मै हो कहाँ मरण….‘, ‘उराँठै लाग्छ नि डाँडा पारी गाउँ,‘ जस्ता ज्यादै लोकप्रिय पुराना र नयाँ दर्जनौं गीतहरु पस्केर सयौं दर्शकहरुलाई छमछमी नचाउन सफल भएका थिए । त्यस्तै गायिका सरला राईले पनि आधा दर्जन जति मीठामीठा गीतहरु प्रस्तुत गरी सांगीतिक माहोललाई तताउन सफल भएका थिए ।
उक्त सांगीतिक कार्यक्रममा स्थानीय कलाकार करिष्मा राईले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् भने बाल कलाकार स्यानोन राई, बीसी राई, किसन राई,सिध्या राई लगायत दर्जनौ कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरी उपस्थित सम्पूर्ण दर्शकहरुलाई भरपूर सांगीतिक मन मनोरन्जन गराएका थिए ।
‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते [अपडेट]
नेपालमा जेनजीको प्रदर्शन : कम्तीमा १४ जनाको मृत्यु, १०० भन्दा बढी घाइते
नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध ‘जेन–जी’को सडक आन्दोलन, काठमाडौंमा कर्फ्यु लगाइयो
एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न, चार प्रतिवदेन सर्वसम्मत रुपमा पारित
भूतपूर्व गोर्खा र आदिवासी जनजातिको अधिकारका लागि संयुक्त आन्दोलन आवश्यक : माओवादी नेताहरु
पूर्वसभामुख घर्तीमगर, पूर्वमन्त्री कार्की र माओवादी नेता राई बेलायतमा
शेर्पा संघ बेलायतको २२ औं वार्षिक साधारणसभा सम्पन्न
बेलायतमा हास्यव्यङ्ग्य लेखकको गिरफ्तारी : चर्कियो अभिव्यक्ति स्वतन्त्रताको विवाद
एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सको नयाँ कार्यसमितिको शपथग्रहण
चर्चित गायिका इन्दिरा गोलेको ५९ वर्षको उमेरमा निधन