लण्डन । नेपालबाट अाएका कलाकार जितेन राई र गायिका सरला राईले बेलायतकाे अासफाेर्डमा सांगीतिक प्रस्तुति दिएका छन् ।
२५ जुनका दिन बेलायतस्थित आस्फोर्डको साइमन चर्च हलमा नेपालबाट आएका बरिष्ठ गायक, गीतकार तथा संगितकार जितेन राई, चर्चित गयिका सरला राई र स्थानिय कलाकारहरुले बेजोड सांगीतिक कार्यक्रम दिए ।
किरात राई प्रारम्भिक कमिटीका अध्यक्ष ध्यानबहादुर राईले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज आस्फोर्डका अध्यक्ष चक्र बहादुर राईले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । नेपालबाट सांगीतिक कोशेलीका साथमा आएका कलाकारद्धयलाई विभिन्न संघसंस्थाबाट उपस्थित प्रतिनिधिहरुले खादा र फूल लगाएर सम्मान गरेका थिए ।
आफ्नो गीत पस्कनु अगाडि बरिष्ठ गायक जितेन राईले सम्पूर्ण बेलायतबासीलाई सम्वोधन गर्दै संगीतप्रेमी नेपाली मनहरुसमक्ष संगीतको माध्यमबाट साक्षात्कार हुन पाएकोमा आफू ज्यादै खुशी भएको र यो अवसर प्रदान गरेकाेमा कलाकार संघ बेलायतलाई ह्रदयबाट धन्यवाद ज्ञापन गरे।
किरात राई यायोक्खा बेलायत र किरात राई साँस्कृतिक कलाकार संघ युकेको सयुंक्त आयोजनामा प्रस्तुत गरिएको सांगीतिक कार्यक्रमलाई अगाडि बढाउने क्रममा नेपालका कलाकारद्धय र कलाकार सघं युकेका सम्पूर्ण कलाकारहरुद्धारा किराति मिथकमा आधारित ‘मट्टिको कसम शिरोपर… ‘ बोलको गीत गएर गीत संगीतको थालनी गरेका थिए ।
गायक जितेन राईले ‘ए,पूर्वै धरान जन्म त गाउँ मै हो कहाँ मरण….‘, ‘उराँठै लाग्छ नि डाँडा पारी गाउँ,‘ जस्ता ज्यादै लोकप्रिय पुराना र नयाँ दर्जनौं गीतहरु पस्केर सयौं दर्शकहरुलाई छमछमी नचाउन सफल भएका थिए । त्यस्तै गायिका सरला राईले पनि आधा दर्जन जति मीठामीठा गीतहरु प्रस्तुत गरी सांगीतिक माहोललाई तताउन सफल भएका थिए ।
उक्त सांगीतिक कार्यक्रममा स्थानीय कलाकार करिष्मा राईले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् भने बाल कलाकार स्यानोन राई, बीसी राई, किसन राई,सिध्या राई लगायत दर्जनौ कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरी उपस्थित सम्पूर्ण दर्शकहरुलाई भरपूर सांगीतिक मन मनोरन्जन गराएका थिए ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की