
लन्डन । बेलायतका क्रियाशिल दुई संस्था ग्रेटर रसमोर नेपलिज कम्युनिटी र ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीको आर्थिक सहयोगमा सिन्धुपाल्चोकस्थित भिमटार १ मा विद्यालय निर्माण भएको छ । ति संस्थाको आर्थिक सहयोगमा परोपकार निमाविमा रु ११,२५,८०० (एघार लाख, पच्चीस हजार आठसय पचास रुपैयां) को लागतमा निर्माण गरिएको दुई कोठे भवन आइतबार एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा ग्रेटर रसमोर नेपलिज कम्युनिटी र ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीको प्रतिनिधित्व गरेर गएकी कार्यक्रमकी प्रमुख अतिथि शिक्षिका प्रमिला केसी बानियाले विद्यालय समितिलाई उक्त भवन हस्तान्तरण गरिन् । केसीले ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष ओम थापाले बेलायतबाट विद्यालय व्यवस्थापन समितिलाई पठाएको शुभकामना सन्देश पढेर सुनाएकी थिइन् । थापाले सन्देशपत्र मार्फत संस्थाद्धारा पटक–पटक गरेर पठाइएको कुल रकम १२ लाख ९८ हजार ७८० रुपैयांमध्ये भवन बनाएर बांकी रहेको १ लाख ७२ हजार ९ सय ८० रुपैयां विद्यालयको आन्तरिक व्यवस्थापन (लाइबेरी, शैक्षिक सामाग्री र फर्निचर) मा खर्च गर्न समेत विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरेका छन् ।
स्कुलका प्रधानाध्यापक विदुर नेपालले दुवै संस्थालाई धन्यवाद दिंदै विद्यार्थीहरुको सुखद भविष्यका लागि अझ प्रतिवद्ध भएर लाग्ने बताए । त्यस्तै स्कुल व्यवस्थापन समितिका अध्यक्ष गणेश प्रसाद अधिकारीले भूकम्पले नाजुक बनाएको विद्यालयको समस्यालाई नजिकबाट नियालेर दुई कोठे भवन बनाउन सहयोग गरेर ऐतिहासिक काम गरेको भन्दै सहयोगदातालाई धन्यवाद दिए ।
दनुवार र माझी समुदायका बालबालिकाको संख्या बढि रहेको उक्त विद्यालयमा अन्य समुदायका समेत गरेर १५० बालबालिका अध्ययनरत छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा