लन्डन । गुल्मी जिल्ला समाज यूकेले आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको विदाइ तथा सम्मान गरेको छ । निरमाया रोधीघर, अल्डरसटमा शनिवार आयोजित एक कार्यक्रमबीच क्षेत्रीको विदाइ गरिएको हो । कार्यक्रममा समाजको तर्फबाट अध्यक्ष राम गलामीले क्षेत्रीलाई खादा, सम्मानपत्र र मायाको चिनो प्रदान गरे । उक्त अवसरमा ग्रेटर रसमोर नेपलिज कम्युनिटी र क्षेत्री समाज यूके प्रतिनिधिले पनि क्षेत्रीलाई खादा ओढाएर विदाइ तथा शुभकामना दिए ।
कार्यक्रममा वक्ताहरुले कार्यवहाक राजदूत क्षेत्रीको प्रशंसा गर्दै उनले चार वर्षको अवधिमा दूतावासको संरचना परिवर्तनसंगै नेपाली समुदायसंगको सम्वन्ध पनि प्रगाढ बनाएको बताए । क्षेत्रीले सरुवा भएर नेपाल जाने प्रक्रिया स्वभाविक भएको जनाउंदै नेपाल भएपनि आफ्नो तर्फबाट सक्दो सहयोग भइरहेको जनाए । आफ्नो कार्यकालमा केही कमी कमजोरी भएको भए त्यसमा क्षमा दिन पनि उनले अनुरोध गरे ।
महासचिव शिव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष राजन खरेलले स्वागत मन्तव्य दिएका थिए । उक्त अवसरमा प्रतिमा केसी र समाजका उपाध्यक्ष फडिन्द्र भट्टराईले क्षेत्रीमा समर्पित कविता र गजल प्रस्तुत गरे । भट्टराईले क्षेत्रीबारे आफ्नो चार पृष्ठ लामो आलेख पढेर सुनाएका थिए जसमा क्षेत्रीले गरेका काम कारवाही, उपलव्धि र बेलायत नेपाल कुटनीतिक सम्वन्ध विस्तार लगायतमा क्षेत्रीको सक्रियताबारे प्रशंसा थियो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडा, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार अर्जुन गौतम, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका वरिष्ठ उपाध्यक्ष जीव बेल्वासे, यती नेपाली एसोसिएसनकी अध्यक्ष पिपला देवान, समाजका सल्लाहकार शंकर भण्डारी, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर लगायतले शुभकामना दिए ।
कार्यक्रम सांगीतिक माहोलमा ब्यतित भएको थियो । प्रथम नौमती बाजा गुल्मी यूकेको नौमती बाजा प्रस्तुति र लोकगायक गायिका बमबहादुर कार्की र शिवा आलेको दोहोरी एवं गायनमा सहभागी धित मरुन्जेल नाचे । बमबहादुरको पानको पात…मा आफ्नो बाल्यकाल सम्झने पनि धेरै नै भए ।
उक्त अवसरमा एनआरएनए यूके सदस्य शालिक सापकोटाले टिकेट विक्री र जुलाई १९ मा लर्डसमा हुने क्रिकेट खेलको प्रवर्धन गरेका थिए । कार्यक्रममा कार्यवहाक राजदूत पत्नी रिता क्षेत्री, अध्यक्ष गलामी पत्नी लक्ष्मी गलामी, यादव भण्डारी, भिम बानिया, कुमार केसी, डा. कपिल रिजाल लगायत अतिथीहरु सहभागी थिए ।
तस्विरः शिव भण्डारी
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी