लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले लण्डनको लर्डस क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टोलीले खेल्ने क्रिकेट खेलको प्रचारका लागि समिति गठन गरेको छ ।
यही जुलाई १९ तारिखका दिन मार्लेबोन क्रिकेट क्लवसित नेपाली टोलीले खेल्ने सो खेलका बारेमा बेलायतस्थित नेपाली समुदायमा प्रभावकारी सूचना पुर्याउन गठित सो समितिको संयोजकमा शाखाका संस्थापक अध्यक्ष तथा कान्तिपुर दैनिकका समाचारदाता नविन पोखरेल रहेका छन् ।
समितिका सदस्यहरुमा शाखाका उपाध्यक्ष तथा हिमालय मेलडटकमका सम्पादक ध्रुवराज अर्याल, सचिव तथा लण्डन नेपाल न्युजडटकमका प्रधान सम्पादक शिव भण्डारी, शाखाका कोषाध्यक्ष एभरेष्ट टाइम्स साप्ताहिकका अतिथि सम्पादक पूर्ण गुरुङ, रेडियो राइनोका डाइरेक्टर दिनेशकुमार परियार, नेपाली टिभी ग्लोबल आवद्ध फोटोपत्रकार एभरेष्ट गौतम, सेतोपाटी डटकमका लण्डन संयोजक फडिन्द्र भट्टराई, रेडियो बिजिडब्ल्युएसकी प्रमिला राई, गोरखा रेडियोका नरेन्द्र बस्नेत र नेपाली टिभीका सिद्धार्थ शाक्य रहेका छन् ।
यसअघि जुन ८ तारिखमा लण्डनमा बसेको नेपाली समुदायको बैठकले महासंघलाई प्रचारप्रसारको जिम्मा दिएको थियो ।
महासंघले जारी गरेको विज्ञप्तिमा समितिलाई थप सदस्य राख्न र अन्य कार्य गर्न अधिकार प्रत्यायोजन गरिएको उल्लेख छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते