लण्डन । यूकेको पार्लियामेन्ट अगाडि सङ्घीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुले गत १९ जुन २०१६ का दिन प्रर्दशन गरेका छन् ।
नेपालमा जारी अनसनको १३ औं दिनमा यूकेमा पनि ऐक्यबद्धता स्वरुप प्लेकार्ड सहित प्रर्दशन गरेका छन् । जनजाति, मधेसी र शिल्पी लगायतलाई मास्ने र सिध्याउने ब्यवस्था भएको जारी संविधानको खारेज गर, संविधानको पुनर्लेखन गर, देशलाई गहिरो द्धन्द्धतिर घकेल्ने प्रधानमन्त्री ओली राजिनामा दे, प्रधानमन्त्री ओलीको मानसिक असन्तुलनको उपचार गर, ७ प्रदेशको सट्टा १० वा १४ प्रदेश कायम गर आदि लेखिएका प्लेकार्ड बोकेका थिए । लण्डनको टफाल्गर स्क्वायरमा भेला भई पार्लियामेन्ट आगाडि पुगेर विरोध कार्यक्रम गरेका थिए ।
सहभागीहरुले नेपालमा जारी आन्दोलनको समीक्षा गर्दै विभिन्न रचनाहरु वाचन गरेका थिए । लक्ष्मण तुलाचन, भगवान चाम्लिङ, पदम गाहा, जंग सुनुवार, बालकृष्ण राई, नरेश काङमाङ राई, कमल प्रसाद थुलुङ, तिल बहादुर गुरुङ, भिमबहादुर गुरुङ, विश्वासहाँङ खेवाहाँङ, भक्तबहादुर दुरा, इन्द्रबहादुर दुरा लगायतले सम्बोधन गरेका थिए ।
नेपालमा जारी आन्दोलनले प्रधानमन्त्री ओलीको राजीनामा माग्नुपर्ने र संविधान पुनर्लेखनको मुद्धा शसक्त बनाउनु पर्ने लगायतका विचारहरु राखेका थिए । जारी आन्दोलनमा शहादत प्राप्त गरेका ६३ जना शहिदहरुको नाम र फोटोसहित नेपाल सरकारको बेइमानीको पर्दाफास गर्न चाडै पार्लियामेन्ट अगाडि प्रर्दशन गर्ने कुरा सङ्घीय समाजवादी फोरम यूकेका कार्यबाहक अध्यक्ष जंग सुनुवारले बताए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा