बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: ११:३१ | UK Time: 05:46

दुई बेलायतीलाई आफ्नो भन्दा नेपाल चिन्ता

वीनेपाली
२०७३ असार ११ गते ९:२९

Annie and Grahame

लन्डन । सायद भूपू गोर्खा र नेपालीको हितका लागि दुई बेलायती नागरिक एनी वाट्सम र ग्राहेम ग्रान्टलाई जति चिन्ता अरुलाई कमै होला । सन् २००८ मा गोर्खा न्यायिक अभियन्ता पिटर क्यारोलले भूपू गोर्खाहरुको आन्दोलनमा साथ दिइरहेका थिए । त्यही बेला एनीले अभिनेत्री जोआना लुम्लेलाई अभियानमा सामेल गराउन पहल गरिन् र गोर्खा आन्दोलन सफल पनि भयो । पेशाले पत्रकार एनी त्यसयता भूपू गोर्खाहरुसंग धेरै नै घुलमिल भइन् । यसै क्रममा सन् २०११ मा एभरेष्ट इन ग्रुपका पशुपति भण्डारी र यादव भण्डारीसंग सम्पर्कमा आएपछि एनी र ग्राहेम नेपाली समुदायमा झन् परिचित भए । गत वर्ष भूकम्पका बेला यी दुई बेलायती भण्डारी दाजुभाइसंग मिलेर पीडितका लागि 
राहत जुटाउन अहोरात्र खटिए ।

थाकिनन् एनी । एनीले सन् २०१२ मा ग्रीएसन पब्लिकेसन्स्का तर्फबाट नेपाली खाना बनाउन सिकाउने एउटा पुस्तक ‘दि अल्टिमेट नेपलिज कुक बुक’ सम्पादन र प्रकाशन समेत गरिन् जसमा भूपू गोर्खा सेफ पेम्बा लामाले लेखेका थिए । दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल उक्त पुस्तकबाट गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग समेत गरिएको थियो । फेरि उक्त ट्रष्टलाई सहयोग गर्ने गरि एनी र 
ग्राहेमले सेभेनओक्स् केन्टको पुरानो भवनमा ‘ग्रीएसन ग्यालरी’ स्थापना गरेका छन् । सेभेनओक्स् मेयर काउन्सिलर एन्ड्रियू आइरेले गत साता एक समारोहबीच ग्यालरी उद्घाटन गरे । उक्त ग्यालरीमा गत साताबाट पहिलो चित्रकला प्रदर्शनी शुरु भएको छ र प्रदर्शनीमा काठमाण्डू बस्ने कलाकार एनबी गुरुङका चित्र समावेश छन् । प्रदर्शनीबाट नेपालको चिनारी अरु बढ्ने अपेक्षा एनी र ग्राहेमलाई छ । चित्रले नेपालको प्राकृतिक सौन्दर्यतामात्र होइन, भूकम्पबाट विक्षिप्त संरचना पनि झल्काइरहेको देखिन्थ्यो ।

ग्यालरी उद्घाटनका अवसरमा नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क यूके प्रतिनिधि पशुपति भण्डारीले यस्तो ग्यालरीबाट नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने आशा व्यक्त गरे । उनले आगामी ३ जुलाईमा एल्थाम प्यालेसमा वल्र्ड कल्चरल फेस्टिबल र २४ जुलाइमा आसफोर्ड केन्टमा हुन लागेको च्यारिटी इभेन्टमा नेपाल पर्यटनको प्रचार प्रसार गरिने जानकारी पनि दिए ।

13518078_10154265921946197_1649642510_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक