लन्डन । लर्डसमा हुने एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेललाई सांस्कृतिक पर्वकै रुपमा मनाउन सामाजिक अगुवाहरुले सुझाएका छन् । आगामी जुलाई १९ मा नेपाली टिमले लर्डसमा खेल्न पाउने अवसर आफैंमा ऐतिहासिक भएको जनाउंदै अगुवाहरुले त्यस दिन झांकी, भेषभुषा वा नेपाली संस्कृतिमा प्रस्तुत हुन सुझाव दिए ।
बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको उपलक्ष्यमा पहिलोपटक नेपाली टिमले खेल्ने तयारी छ । ‘यो हाम्रो सांस्कृतिक चिनारी दिने अवसर पनि हो’, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले भने, ‘खेल बुझ्दिन, रमाइलो के होला भन्ने होइन । साथीभाइसंग सहभागी भएर पिकनिक स्पटको माहोल बनाउनुस्, आफ्नो कला संस्कृति पनि देखाउनुस् ।’
एनआरएनए यूकेले अल्डरसट निरमाया रोधीघरमा शुक्रबार सांझ खेल प्रभावकारी रुपमा सम्पन्न गर्न विभिन्न संघसंस्था र मिडिया प्रतिनिधिहरुसंग अन्तरक्रिया राखेको थियो । अन्तरक्रियामा वक्ताहरुले बेलायतमा तीन सय नेपाली संस्था छन् भनेर गर्व गर्नेमात्र होइन, अब तिनले कम्तीमा २० वटा टिकेट किनेर राष्ट्रका लागि केही योगदान गर्नुपर्ने बेला आएको बताए ।
एनआरएनए यूकेका तर्फबाट संयोजक बनेका उपाध्यक्ष हिराधन राईले कार्यक्रम सञ्चालन गर्दै सबै संघसंस्थाले साथ दिए दश हजार भन्दा बढि दर्शक उतार्न सकिने विश्वास व्यक्त गरे । अब गरौंला भनेर बस्ने समय नभएकाले एक्सनमा उत्रने बेला आइसकेको उनले बताए । राईले यो इभेन्ट कुनै जातजाती, वर्ग वा लिंगको नभइ समस्त नेपाली समुदायको र राष्ट्रका लागि भएको पनि उल्लेख गरे ।
डा. कपिल रिजालले खेलमा नेपाली बाहेक श्रीलंकाली, पाकिस्तानी र भारतीय दर्शक समेत ल्याउन पहल जारी रहेको जनाए ।
यस खेल आयोजनामा एनआरएनए यूकेसहित नेपाली दूतावास र नेपाल पर्यटन बोर्ड यूकेको पनि प्रत्यक्ष संलग्नता र साथ छ ।
कार्यक्रममा स्वयंसेवक परिचालन र टिकेटिङको संयोजन गरिरहेका कृष्ण शर्माले हालसम्म २८ सय टिकेट विक्री भइसकेको जानकारी दिंदै लर्डसले छिट्टै टिकेट विक्री बन्द गर्ने भएकाले किनिहाल्न आग्रह गरे । उनले खेल सफल बनाउन करिब डेढ सय स्वयंसेवक परिचालन गरिएको जनाउंदै कुनै संघसंस्थाले बोलाए समूहमै गएर अनलाइन टिकेट किन्न सघाउने समेत बताए । शर्माले प्रवेश शुल्क जम्मा दश पाउण्ड र शुल्कबाट संकलित रकमको पचास प्रतिशत नेपालको पुनर्निर्माण एवं पचास प्रतिशत नेपालको क्रिकेट विकासमा जाने भएकाले सबै बेलायतवासी नेपालीलाई सहभागी भइदिन पनि आग्रह गरे । उनले नेपालबाट टिसर्ट समेत आएकाले त्यो किनेर सहयोग गर्न पनि अपिल गरेका थिए ।
६५ वर्ष माथिकालाई ५ पाउण्ड र १६ वर्ष मुनीकालाई निशुल्क हुने उक्त खेलको टिकेट प्रिन्टेड, अनलाइन वा खेल हुने दिन ढोकैमा किन्न सकिनेछ ।
ग्रेटर रसमोर नेपलिज कम्युनिटीकी महासचिव रन्जिता मल्लले खेल हेर्न जान आफ्नो संस्थाले दुईवटा बस रिजर्भ गरिसकेको जनाउंदै अरु संघसंस्थाबाट पनि सहकार्य भए कम्तीमा दश वटा बस रसमोर क्षेत्रबाट लान सकिने धारणा राखेकी थिइन् ।
किरात राइ यायोख्या यूके अध्यक्ष पदम राईले आर्थिक सहयोग वा टिकेट बिक्री मात्र भन्दा दर्शकको उपस्थिति नै महत्वपूर्ण हुने भएकाले नेपाली दूतावासले अप्रोच गर्नुपर्ने सुझाव दिए । उनले आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा डा. राजेन्द्र थापा, शिवजी श्रेष्ठ, शान्ति थापा कुंवर, थर्क सेन, सुष्मा राई, कल्पना आङबुहाङ, सूर्य गुरुङ (पिपल मोर्गेज), पत्रकार शिव भण्डारी, नन्दकुमारी गुरुङ, यती महासचिव बाचस्पति रेग्मी, नेपालबाट आएका व्यवसायी सुनिल श्रेष्ठ लगायतले आ आफ्ना सुझाव दिएका थिए ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले कार्यक्रममा सहभागी सबै संघसंस्थाका प्रतिनिधिप्रति आभार व्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिन अपिल गरे ।
तस्विरः मिलन तमु
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
भारतले जित्यो ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग