लन्डन । बेलायत ईयूमा रहनुपर्छ भन्ने पक्षमा सशक्त वकालत गर्दै आएका प्रधानमन्त्री डेभिड क्यामरुले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन् । बिहीबारको ऐतिहासिक जनमत संग्रहमार्फत बेलायत ईयूबाट बाहिरिने भएपछि क्यामरुनले शुक्रबार बिहान आफ्नो कार्यालय अगाडि सम्वोधन गर्दै अक्टोबरसम्म पद छाड्ने बताएका हुन् । उनले विकसित परिस्थितिमा देशले नयां राजनीतिक नेतृत्व चाहेको बताए । बेलायत उच्चतम लोकतान्त्रिक अभ्यासमा उत्रिएको बताउंदै क्यामरुनले जनमत संग्रहमा सहभागी भएका करिब ३३ मिलियन जनतालाई धन्यवाद समेत दिए ।
भावुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री क्यामरुनले बेलायत ईयूमा रहंदा सुरक्षित, बलियो र समृद्ध हुने आफ्नो स्पष्ट धारणा दोहोर्याउंदै ब्रिटिश जनताको निर्णयलाई सम्मान गरिने जनाए । क्यामरुनले युरोपमा रहेका बेलायती र बेलायतमा रहेका युरोपेली नागरिकको अवस्थामा तत्काल केही परिवर्तन नहुने स्पष्ट पारेका छन् । उनले युरोपेली मुलुक आवतजावत गर्न, सामान आयत निर्यात र अन्य सेवामा केही असर नपर्ने समेत बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा