
लन्डन । सांगीतिक कार्यक्रम गर्न बेलायत आएका तीन कलाकार स्वदेश फर्किएका छन् । सपन इन्टरटेनमेन्ट लिमिटेडले आयोजना गरेको ‘बब्बाल धमाका’ का लागि बेलायत आएका कलाकारत्रय ज्योति मगर र भद्रगोल सिरियलका बले (सागर लम्साल) अनि कक्रोज (हरि निरौला) को एक समारोहबीच विदाइ गरिएको छ । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा कार्यक्रम गरिएको हो ।
विदाइ कार्यक्रममा स्पोन्सर सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राई, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, श्रीमति मन्जु गुरुङ राई लगायतले कलाकारलाई पुष्पगुच्छा र खादाले विदाइ गरे । कलाकारहरुले यूके सम्म बोलाएर कार्यक्रम गर्ने अवसर दिएकामा आयोजक र दर्शकप्रति आभार व्यक्त गरेका थिए ।
ति कलाकारले अल्डरसट, फोकस्टोन, ह्यारो, लेष्टर, फेल्थाम, स्वीन्डन र प्लमस्टिडमा कार्यक्रम गरेका थिए । ज्योतिले निर्धारित कार्यक्रम भन्दा बेग्लै निरमाया रोधीघरमा पनि गाएकी थिइन् । स्वीन्डनको शोमा भने गायक शिव परियार पनि सहभागी भए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक