
लन्डन । सांगीतिक कार्यक्रम गर्न बेलायत आएका तीन कलाकार स्वदेश फर्किएका छन् । सपन इन्टरटेनमेन्ट लिमिटेडले आयोजना गरेको ‘बब्बाल धमाका’ का लागि बेलायत आएका कलाकारत्रय ज्योति मगर र भद्रगोल सिरियलका बले (सागर लम्साल) अनि कक्रोज (हरि निरौला) को एक समारोहबीच विदाइ गरिएको छ । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा कार्यक्रम गरिएको हो ।
विदाइ कार्यक्रममा स्पोन्सर सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राई, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, श्रीमति मन्जु गुरुङ राई लगायतले कलाकारलाई पुष्पगुच्छा र खादाले विदाइ गरे । कलाकारहरुले यूके सम्म बोलाएर कार्यक्रम गर्ने अवसर दिएकामा आयोजक र दर्शकप्रति आभार व्यक्त गरेका थिए ।
ति कलाकारले अल्डरसट, फोकस्टोन, ह्यारो, लेष्टर, फेल्थाम, स्वीन्डन र प्लमस्टिडमा कार्यक्रम गरेका थिए । ज्योतिले निर्धारित कार्यक्रम भन्दा बेग्लै निरमाया रोधीघरमा पनि गाएकी थिइन् । स्वीन्डनको शोमा भने गायक शिव परियार पनि सहभागी भए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते