लन्डन । अन्तिम शो गर्न आइतबार प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा थिइन् गायिका ज्योति मगर । आयोजक सपन इन्टरटेनमेन्ट लि.का प्रोपाइटर सपन कुमार राईले दर्शकहरुलाई आभार व्यक्त गर्दै आफ्नो गायन प्रस्तुत गरेपछि उद्घोषक सूर्य गुरुङले भने, ‘अब आउंदैछिन् ‘हट एण्ड डट डट गायिका ज्योति मगर ।’ माइक समाए लगत्तै ज्योतिले सहजै भनिन्, ‘मलाई हट एण्ड सेक्सी भन्न संकोच नमाने हुन्छ ।’ शो अवधिभर बडो खुलेकी उनले तन्नेरीलाई मात्र होइन पाका दर्शकलाई समेत बारम्बार ‘अंकलहरु त क्या सेक्सी हो…’ भनेर माहोल तताइरहिन् । ज्योतिले सेक्सी भनिदिंदा उत्साहित अंकलहरु पनि कम थिएनन् । उनीहरु कहिले ज्योतिसंग नाच्न तयार हुन्थे त कहिले पैसा शिरमा चढाउन ।
उही मुलाको सिन्की, जिम्मल बाउकी छोरी, ढाडे बिरालो लगायत गीत गाएर ज्योतिले अन्तिम शो दर्शक न्यून भएपनि अविष्मरणीय बनाइन् । उनले यसअघि आफ्नो यूके भिजा तीनपटक रिफ्युज भएको प्रसंग उठाउंदै यूकेमा झिकाउन सफल सपनकुमार राई प्रति आभार समेत व्यक्त गरिन् ।
बेग्लै प्रसंगमा ज्योतिले उत्ताउली वा भल्गर जे भनेर आफूलाई आलोचना गरेपनि त्यसले केही फरक नपर्ने बताउंदै बरु आलोचक नै आफ्ना दर्शक भएको बताइन् । (उनको विस्तृत अन्तर्वार्ता सहकर्मी कुशल श्रेष्ठको इन फोकसमा छिट्टै आउंदैछ)
उक्त शोमा भद्रगोलका कलाकारहरु बले र कक्रोजले पनि हांस्यव्यंग्य प्रस्तुत गरे ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा