
लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती नागरिकलाई आफ्ना बालबालिकाको भविष्यप्रति सचेत बन्दै ‘ब्रेक्जिट’ को पक्ष वा विपक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।
उहाँले बेलायत ईयूमा रहने वा नरहने सम्बन्धमा बिहीबार हुन लागेको जनमत सङ्ग्रहमा यदि बेलायत ईयूबाट बाहिरिने पक्षमा मत परिणाम आएमा यसले मुलुकका भावी सन्ततिलाई आर्थिक सङ्कटतर्फ लाने बताउनु हुँदै निर्वाचन हुने ४८ घण्टा बाँकी रहँदा यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले बेलायतको भविष्यलाई चक्कुको धारमा पारेर गरिएको ब्रेक्जिट अभियानले अभियन्ता स्वयम्लाई समेत हित नगर्ने बताउनुभएको छ ।
पाका मतदाताहरुलाई लक्षित गर्दै उहाँले भन्नुभयो, तपाईहरुका छोराछोरी तथा नातिनातिनी भविष्यको आशा र सपनाका लागि सोचेर निर्णय गर्नु हुन आग्रह गर्छु । यदि तपाईले जनमत सङ्ग्रहमा बेलायत ईयूबाट बाहिरिनिुपर्ने पक्षमा मतदान गरेमा यसलाई उल्टाउन सम्भव हुने छैन, मनजित्ने किसिमले प्रधानमन्त्री क्यामरुनले चेतावनी दिनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते