लन्डन । पत्रकारिता र अध्यापनमा लामो अनुभव संगालेका प्रमोदराज न्यौपानेको पहिलो गीति एल्बम ‘मेरो घरको छानो’ लन्डनबाट सार्वजनिक हुने भएको छ । यही जुन २६ तारिख आइतबार ऊलवीचस्थित ट्रामसेड थिएटरमा एक समारोहबीच एल्बम विमोचन हुन लागेको हो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले विमोचन कार्यक्रम तय गरेको हो ।
कार्यक्रममा शीर्ष गीतको म्यूजिक भिडियो प्रदर्शन गरिनुका साथै गायक न्यौपाने र बेलायतस्थित अन्य ख्यातिप्राप्त कलाकारहरुले पनि प्रत्यक्ष गायन प्रस्तुत गर्ने गायक न्यौपानेले जानकारी दिए ।
न्यौपानेको एल्बममा सागर किनारको संगीत र युरानका शब्द छन् । एल्बममा पश्चिमी, आधुनिक तथा लोक शैलीका ७ गीत संग्रहित छन् । एल्बमको शीर्ष गीतमा भुषण दाहालको निर्देशनमा म्यूजिक भिडियो तयार भइसकेको छ । (प्रोमो तल हेर्नुहोस्)
७ वर्षदेखि बेलायत बस्दै आएका गायक न्यौपाने नेपाल छंदा अध्यापक, रेडियो प्रस्तोता तथा संगीत शिक्षक जस्ता भूमिकामा थिए । अंग्रेजी साहित्यमा स्नातकोत्तर न्यौपानेले वरिष्ठ संगीतकार प्रकाश गुरुङबाट ४ वर्ष संगीत प्रशिक्षण लिएका थिए । विसं. २०५१ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तिर्ण गरेका उनको बेलायत आउनुअघि झण्डै एक दर्जन गीत रेकर्ड भइसकेका थिए ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट