लन्डन । लर्डसमा हुने एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेल सफल बनाउन एनआरएनए यूकेले उपाध्यक्ष हिराधन राईलाई संयोजक तोकेको छ । खेल गतिविधिमा विशेष चासो राख्ने राईले संयोजक तोकिएसंगै आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले एनआरएनए यूके सल्लाहकारहरु शिवजी श्रेष्ठ, भिम महेन्द्र गुरुङ, उपाध्यक्ष शान्ति थापा कुंवर, प्रवक्ता खुशी लिम्बु र सदस्य डा. राजेन्द्र थापालाई आफ्नो टिममा राखेर काम थालेका हुन् ।
राईले खेलबारे जानकारी दिन एवं भावी रणनीति तय गर्ने सम्वन्धमा छलफल गर्न यही शुक्रबार विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको एउटा भेला समेत राखेको जनाए । राईले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा हुन लागेको उक्त खेल विशेष महत्वको भएकाले सहभागी भइदिन सबैमा आग्रह गरेका छन् ।
जुलाई १९ मा हुने उक्त ऐतिहासिक खेल सफल बनाउन लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र युवाहरुको विशेष संलग्नता छ । कम्तीमा दश हजार दर्शक उतार्न आयोजक लागिरहेका छन् ।
खेल हेर्न प्रवेश शुल्क जम्मा दश पाउण्ड तोकिएको छ । टिकेट विक्रीबाट संकलित रकमको ५० प्रतिशत नेपालको पुनर्निर्माणमा जाने भएकाले सबै बेलायतवासी नेपालीलाई सहभागी भइदिन आयोजकले अपिल गरेका छन् ।
६५ वर्ष माथिकालाई ५ पाउण्ड र १६ वर्ष मुनीकालाई निशुल्क हुने उक्त खेलको टिकेट अनलाइन, प्रिन्टेड र खेल हुने दिन ढोकैमा किन्न सकिनेछ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा