पञ्चासे–हर्पनडाँडा समाजको वार्षिक भेटघाट

Panchase samaj

अल्डरसट । पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम अल्डरसटस्थित ‘कनट लेजर सेन्टर’ मा गत शनिबार सम्पन्न भयो ।
खुला हरियो चौर र करिब ५०० जना अटाउने हल समाजका चेलीबेटी ज्वाईचेला र गाउँलेहरुले भरिएको थियो । सबैको अनुहारमा एक प्रकारको खुशी देखिन्थ्यो । धेरै वर्ष पछाडि भेटेका टाढा टाढाबाट कार्यक्रममा आएका, रमाईलो कुराकानीहरु हुंदाको क्षण भएर नै होला माहौल भिन्न देखिएको थियो ।
हालै दिवंगत भएका समाजका सक्रिय सदस्य सुन्दर गुरुङ (यूके) र बुद्धि बहादुर घले (नेपाल) को नाममा एक मिनेट मौनधारण गरी कार्यक्रमको शुरु गरिएको थियो । त्यसपछि विभिन्न बिधामा सफलता हासिल गरेकाहरुलाई समाजको चलनअनुसार सम्मान गरिएको थियो । एमबिएम गरेका सुरेश गुरुङ (कुद्वीडाँडा), एकाउन्टिङ्गमा व्याचलर गरेकी कृष्णमाया गुरुङ (कुद्वीडाँडा), एकाउन्टिङ्गमा व्याचलर गरेका बिक्रम गुरुङ (सिधाने–९) र बिजनेशमा व्याचलर गरेकी निनु गुरुङ (सिधाने) लाई समाजका अध्यक्ष डमरकाजी गुरुङले खादा लगाई बधाई दिए । त्यसैगरी ८० वर्ष पुगेका देवबहादुर गुरुङ (कुद्वीडाँडा) र हाईसुवा गुरुङ (भुम्दी ढापा) को सुस्वास्थ्यको कामना गर्दै जेष्ठ नागरिक सिङ्गबहादुर गुरुङले उनीहरुलाई खादा लगाई दिए । हालैसालै वैवाहिक बन्धनमा जोडिएका शिव र डा. राजनी (कुद्वीडाँडा) लाई फूलको गुच्छासहित बधाई दिइयो । सो अवसरमा शिव र डा. रजनीले समाजको लागि एक हजार ५५ पाउण्ड सहयोग प्रदान गरे ।
त्यस्तै नेपाल टेलिभिजबाट आयोजित कार्यक्रम ‘छमछमी’ मा दोस्रो स्थान प्राप्त गरेकी कलाकार ऋतु गुरुङलाई पनि सम्मान गरियो । त्यसैगरी नीजि भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका पूर्व उपसभापति एवं राससका बोर्ड सदस्य गंगाधर पराजुली र उनकी धर्मपत्नी शुसिला पौडललाई पनि सम्मान गरियो । सो अवसरमा पत्रकार पराजुलीको जोडीले समाजको वेभसाईट उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन शिव गुरुङ (कुद्वीडाँडा), बुद्धिबहादुर गुरुङ (कुद्वीडाँडा), कृपा गुरुङ (सिधाने), ओम गुरुङ (सिधाने), निरज गुरुङ (सिधाने), डमरकाजी गुरुङ (सिधाने), झलक गुरुङ (सिधाने), निरबहादुर गुरुङ (दमदमे), बिक्रम गुरुङ (सिधाने), देउकाजी गुरुङ (कुद्वीडांडा), दिलबहादुर गुरुङ (दमदमे) र खुशीमान गुरुङ (सिधाने) ले आर्थिक सहयोग गरेका थिए । त्यस्तै पञ्चासे हर्पनडांडा आकस्मिक स्वास्थ्य सेवा समितिलाई गत साल समाजको तर्फबाट ९ लाख १४ हजार ८ सय रुपैयां प्रदान गरिएको थियो भने सो सहयोग रकम संकलन क्रम अझ जारी रहेको छ ।
कार्यक्रममा खुशीमान गुरुङ, दिलबहादुर गुरुङ र गोपी गुरुङले बच्चाहरुको खेल, महिलाको खेल र राफल ड्र संचालन गरेर मनोरञ्जन प्रदान गराएका थिए । त्यसैगरी ऋतु गुरुङले विभिन्न गीतमा नृत्य प्रस्तुत् गरेकी थिइन् ।
आफ्नाे भाषा, कला, भेषभूषा र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले नवयुवाहरुलाई नेपाली भाषामा केही प्रश्नहरु सोधिएको थियो । करिब ९ जनाले भाग लिएको उक्त प्रश्नोत्तर कार्यक्रमलाई डा. सचिन गुरुङले संचालन गरेका थिए । सो प्रश्नोत्तर कार्यक्रममा भाग लिएका नानीबाबुहरुको प्रोत्साहनका लागि जसबहादुर गुरुङको सक्रियतामा ११५ पाउण्ड संकलन गरिएको थियो । उनीहरुलाई सो रकम प्रदान गर्दै अर्को वर्ष भाषा सिकेर आउन आग्रह गरे ।
कार्यक्रममा समाजका अध्यक्ष डमरकाजी गुरुङ र अतिथि गंगाधर पराजुलीले संबोधन गरेका थिए । सो अवसरमा अध्यक्ष गुरुङले कार्यक्रम सफल बनाउन सक्रिय भूमिका खेलेका कमिटीका सदस्यहरु लगायत आमन्त्रित अतिथिहरुलाई धन्यवाद दिए । त्यसैगरी अतिथि पराजुलीले बेलायतमा सबै चिनेजानेकाहरुसंग भेट गर्न पाएकोमा खुशी व्यक्त गरे ।
समाजका अध्यक्ष डमरकाजी गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई महासचिव प्रकाश गुरुङ र मनिषा गुरुङले संयुक्त रुपमा संचालन गरेका थिए ।
कास्की भदौरे तामागी गाविस अन्तरगत पर्ने सिधाने, कुद्वीडाँडा, दम्दमे हर्पन गाउँहरु र चापाकोट गाविसको मकनपुर गाउँ मिलेर बनेको समाज सन् २०१२ सालमा स्थापना भएको हो । एकआपसमा सहयोग र बिशेष नेपालको आफ्नो गाउँठाउँलाई मद्दत पुर्याउने उद्देश्यले सो समाजको गठन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री