लण्डन । नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको १३ औँ पुण्यतिथिको अवसरमा तमु कलाकार साँस्कृतिक मंच युकेले श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ ।
मंचका सल्लाहकार एकेन्द्र गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, एनआरएन आइसिसीका सल्लाहकार मेजर रिटायर्ड डमर घले, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, यति नेपलिज एसोसिएसनका अध्यक्ष पिपला देवान, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, तमुिधँका सचिव कृष्ण गुरूङ, मगर संघ युकेका उपाध्यक्ष अनिता राना, पूर्व प्रहरी मंचका अध्यक्ष वाचस्पति रेग्मी, गाेरखाली समाजका मान गुरूङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले स्वर्गीय गुरुङको तस्वीरमा खादा र पुष्पगुच्छा चढाएका थिए ।
स्वर्गीय गुरुङको सम्झनामा एक मिनेट मौनधारण गरिएको सो कार्यक्रममा मंचका पदम गुरुङले स्वर्गीय गुरुङको संक्षिप्त जीवनी प्रस्तुत गरेका थिए भने मंचका कलाकारहरु चन्द्र गुरुङ, कुल थापा,तुलसी राना, मनसुदन थापा लगायतले स्वर्गीय गुरुङको गीत गायका थिए ।
कार्यक्रमको समापन गर्दै एकेन्द्र गुरुङले अम्बर गुरुङ नेपाली संगीतकाशको उज्वल नक्षत्र हुनुहुन्थ्यो र उहाँको निधनबाट नेपाललाई अपूरणीय क्षति पुगेको बताए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार