लण्डन । नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको १३ औँ पुण्यतिथिको अवसरमा तमु कलाकार साँस्कृतिक मंच युकेले श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ ।
मंचका सल्लाहकार एकेन्द्र गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, एनआरएन आइसिसीका सल्लाहकार मेजर रिटायर्ड डमर घले, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, यति नेपलिज एसोसिएसनका अध्यक्ष पिपला देवान, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, तमुिधँका सचिव कृष्ण गुरूङ, मगर संघ युकेका उपाध्यक्ष अनिता राना, पूर्व प्रहरी मंचका अध्यक्ष वाचस्पति रेग्मी, गाेरखाली समाजका मान गुरूङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले स्वर्गीय गुरुङको तस्वीरमा खादा र पुष्पगुच्छा चढाएका थिए ।
स्वर्गीय गुरुङको सम्झनामा एक मिनेट मौनधारण गरिएको सो कार्यक्रममा मंचका पदम गुरुङले स्वर्गीय गुरुङको संक्षिप्त जीवनी प्रस्तुत गरेका थिए भने मंचका कलाकारहरु चन्द्र गुरुङ, कुल थापा,तुलसी राना, मनसुदन थापा लगायतले स्वर्गीय गुरुङको गीत गायका थिए ।
कार्यक्रमको समापन गर्दै एकेन्द्र गुरुङले अम्बर गुरुङ नेपाली संगीतकाशको उज्वल नक्षत्र हुनुहुन्थ्यो र उहाँको निधनबाट नेपाललाई अपूरणीय क्षति पुगेको बताए ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो