
लन्डन । सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले स्थापनाको दशौं वर्ष गांठ विशेष कार्यक्रमसहित मनाउने भएको छ ।
दशौं वार्षिक उत्सवका अवसरमा ग्रुपले आगामी २४ जुलाई सांझ अल्डरसटस्थित किङस सेन्टरमा सयपत्री सांझ कार्यक्रम गर्दैछ । सांझ ६ बजेदेखि शुरु हुने कार्यक्रम अविष्मरणीय बनाउने हेतुले सयपत्री समूहले राष्ट्रिय तथा स्थानीय कलाकारको जमघट गराउने तयारी गरेको संस्थाका प्रमुख एल बी गुरुङले जानकारी दिए ।
राष्ट्रियस्तरका गायक गायिका अन्जना गुरुङ, कन्हैया सिंह, मनसुधन थापा, सुवास गुरुङ साथै स्थानीय कलाकारहरु शशी गुरुङ, महेश गुरुङ, कविता गुरुङ र प्रभु गुरुङले कार्यक्रममा बेजोड प्रस्तुति दिने जनाइएको छ । कार्यक्रम थप मनोरन्जनात्मक बनाउन बालनृत्य, लाइभ म्यूजिक, एकल
एवं समूहगत नृत्य रहने समूहले जनाएको छ । कार्यक्रममा कम्तीमा एक हजार दर्शक उतार्ने लक्ष्य छ ।
कार्यक्रम ऐतिहासिक हुने दाबी गर्दै संस्थाले बेलायतस्थित विभिन्न संघ
संस्थाका प्रतिनिधि एवं दर्शकहरुमा उपस्थितिका लागि अपिल गरेको छ ।
कार्यक्रममा आउने वकिङबासीहरुलाई सुविधाका लागि बसको व्यवस्था समेत गरिने आयोजकले बताएका छन् ।
बेलायतमा रहेर पनि नेपाली कला संस्कृतिको जगेर्ना गर्दै यसलाई जीवन्त राख्न सन् २००६ मा संस्था गठन भएको थियो ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै