
लन्डन । सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले स्थापनाको दशौं वर्ष गांठ विशेष कार्यक्रमसहित मनाउने भएको छ ।
दशौं वार्षिक उत्सवका अवसरमा ग्रुपले आगामी २४ जुलाई सांझ अल्डरसटस्थित किङस सेन्टरमा सयपत्री सांझ कार्यक्रम गर्दैछ । सांझ ६ बजेदेखि शुरु हुने कार्यक्रम अविष्मरणीय बनाउने हेतुले सयपत्री समूहले राष्ट्रिय तथा स्थानीय कलाकारको जमघट गराउने तयारी गरेको संस्थाका प्रमुख एल बी गुरुङले जानकारी दिए ।
राष्ट्रियस्तरका गायक गायिका अन्जना गुरुङ, कन्हैया सिंह, मनसुधन थापा, सुवास गुरुङ साथै स्थानीय कलाकारहरु शशी गुरुङ, महेश गुरुङ, कविता गुरुङ र प्रभु गुरुङले कार्यक्रममा बेजोड प्रस्तुति दिने जनाइएको छ । कार्यक्रम थप मनोरन्जनात्मक बनाउन बालनृत्य, लाइभ म्यूजिक, एकल
एवं समूहगत नृत्य रहने समूहले जनाएको छ । कार्यक्रममा कम्तीमा एक हजार दर्शक उतार्ने लक्ष्य छ ।
कार्यक्रम ऐतिहासिक हुने दाबी गर्दै संस्थाले बेलायतस्थित विभिन्न संघ
संस्थाका प्रतिनिधि एवं दर्शकहरुमा उपस्थितिका लागि अपिल गरेको छ ।
कार्यक्रममा आउने वकिङबासीहरुलाई सुविधाका लागि बसको व्यवस्था समेत गरिने आयोजकले बताएका छन् ।
बेलायतमा रहेर पनि नेपाली कला संस्कृतिको जगेर्ना गर्दै यसलाई जीवन्त राख्न सन् २००६ मा संस्था गठन भएको थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते