काठमाडौँ, ५ असार । संसदीय सुनुवाइ समितिको पहिलो बैठक सोमबार बिहान सभामुखको कक्षमा बस्ने भएको छ ।
“मैले समितिको पहिलो बैठक भोलि(सोमबार) बिहान ८ बजे मेरो चेम्बरमा बोलाएको छु, यसपछि समितिले आफ्ना कार्यविधि निर्माण लगायतका काम गर्दै अगाडि बढ्ने छ” सभामुख ओनसरी घर्तीले भन्नुभयो ।
नयाँ संविधान जारीपछि रुपान्तररित सदनले नौ महिनापछि आज संसद् नियमावली पारित गरेको थियो । व्यवस्थापिका–संसद् भवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै सभामुख घर्तीले नियमावली पारितसँगै सदनका काम कारबाही अझ व्यवस्थित ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नियमावली पारित गर्नाका लागि राजनीतिक दलले प्रदर्शन गर्नुभएको जिम्मेवारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दलका बीचमा यस्तै सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो । संसद् नियमावलीमा विशेष गरी सुनवाइ समितिमा कति सदस्य रहने भन्ने विषयमा दलबीच मुख्य रुपमा विवाद थियो । सत्तारुढ दल १५ र प्रमुख प्रतिपक्षी दल ७५ सदस्यीय हुनुपर्ने अडानमा रहे पनि दलबीच १५ सदस्यीय समिति बनाउने सहमति भएको थियो ।
अब मन्त्रिपरिषद्ले विभिन्न देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूत र न्यायाधीशको सुनवाइ गर्न मार्गप्रशस्त भएको छ । सुनवाइ समिति १५ सदस्यीय हुने, सिफारिसलाई दुई तिहाइले अस्वीकार गर्न सक्ने कुरालाई बहुमतले पारित गरेको थियो ।
बैठकपछि सत्तारुढ र प्रतिपक्षी दलका सांसद ‘वीन वीन भो है भन्दै’ बैठक कक्षबाट बाहिरिएका थिए । नियमावली पारित गराउँदा पहिलो पटक सत्तापक्ष र प्रतिपक्षी दुवैतर्फका सांसद अन्योलमा थिए । उनीहरु ‘हुन्छ’ भन्ने समयमा ‘हुँदैन’ र ‘हुँदैन’ भन्ने समयमा ‘हुन्छ’ भन्न पुगेका थिए । यसपछि सभामुखले बैठक आधा घन्टाका लागि स्थगन गराउनुभएको थियो ।
पत्रकार सम्मेलनमा सभामुख घर्तीले भन्नुभयो, “म नै अलमलमा परेँ, सांसदलाई दल मार्फत सूचना प्रवाह गर्न कमी देखियो ।” नियमावलीका विषयमा दलबीच आज बिहान सहमति भएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’