काठमाडौँ,२७ जेठ । नेपाल इन्टरनेसनल तेक्वान्दो महासङ्घका उपाध्यक्ष चेतनराज गिरीलाई नक्कली कागज बनाई दक्षिण कोरिया पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ ।
म्याग्दी घर भएका ५३ वर्षीय टेकप्रसाद लामगादेबाट रु एक लाख र दीपक सुनारबाट रु दुई लाख ६० हजार लिई इन्टरनेसनल तेक्वान्दो फेडरेसनको नक्कली कागज बनाएको जनाउँदै महानगरीय अपराध महाशाखाको टोलीले स्थानीय त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरेको हो ।
जुम्ला चन्दननाथ नगरपालिका घर भएका गिरीलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
झापा घर भएका राजेन्द्र दवाडीलाई समेत फेडेरेसनको नक्कली कार्ड मार्फत तेक्वान्दोको खेलाडी बनाई रु सात लाख ५० हजार लिई लन्डन पठाएकामा नक्कली कागजात भन्ने थाहा भएपछि त्यहाँको विमानस्थलबाट फिर्ता पठाइएको थप जाहेरी महाशाखामा परेको छ ।
उनले महासङ्घबाट नक्कली खेलाडी बनाई रकम लिएर अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अभियुक्त गिरी रग्वी सङ्घको समेत महासचिव रहेको तथा उनले न्युजिल्यान्ड, बेलायत, चीन र क्यानडामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो खेलमा रेफ्रीका रुपमा भूमिका निर्वाह गरेका थिए ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची