
काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले धेरैले नसोचेको काम गरेर देखाउने बताउनुभएको छ ।
सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकार भूकम्प, नाकाबन्दी विभिन्न कठिनाइका बाबजुद पनि कर्मचारीको तलब २५ प्रतिशत बढाएर जिउँदा सरकारको अनुभूत गराएको बताउनुभयो ।
राष्ट्रसेवक कर्मचारीमा स्पष्टता र सक्रियता हुनुपर्नेमा जोड दिँदै उहाँले कर्मचारीका समस्या समाधानमा सरकार प्रयत्नशील भएको हुनाले मुलुक सङ्कटका बीचमा पनि कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश विकास गर्नका लागि आफूले देखेको सपना नभएर विकासका योजना भएको र त्यो सपना पूरा गरेर देखाउने दाबी गर्नुभयो ।
सरकार नयाँ ढङ्गले तीव्रताका साथ काम गर्ने तयारीमा लागिरहेको भए पनि १५ वटा पार्टीलाई साथमा लिएर काम गर्न केही जटिलता भएको भन्दै उहाँले थप्नुभयो – “सरकारले नयाँ ढङ्गले काम गरिरहेको छ भन्नेबारे बुझ्न गाह्रो छ, अरु त के आफ्नै पार्टीले बुझ्दैन ।”
प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि तुइनबाट यात्रा गर्दा झरेर मान्छेहरु मर्ने भएकाले आगामी २०७४ भदौसम्म तुइन विस्थापन गर्ने गरी काम अघि बढाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालका कर्मचारीहरुको ढिला हिँड्ने बानी भएको भन्दै आज अल्छी लाग्यो भोलि काम गर्ने भन्दै सार्ने, जनताका फाइल घुमाइरहने जस्तो काम नगरी जनताको सेवामा लागिरहन आग्रह गर्नुभयो ।
सङ्गठनका अध्यक्ष कृष्णमान श्रेष्ठले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीको भावना बुझेर २५ प्रतिशत तलब वृद्धिले कर्मचारीलाई निकै उत्साहित बनाएको र कर्मचारीभित्रका विकृति हटाएर क्रियाशील रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने