
राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा कीर्तिमान बनाएका बायाँबाट अजितकुमार यादव, विपना परियार, मन्जु रावत र तिलक विक । तस्बिर सङ्कलन ः दीपेन्द्र सापकोटा रासस
काठमाडौँ, २१ जेठ । दुई कीर्तिमान सहित चार स्वर्ण पदक जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा सर्वोत्कृष्ट खेलाडी भएकी छन् ।
एथलेटिक्सतर्फ छात्रा ट्रिपल जम्पमा १०.५२ मि तथा लङजम्पमा ५.०९ मि जम्प गर्दै उनले विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । विपनाले चार गुणा १०० तथा चार गुणा ४०० मि रिलेमा पनि टोलीसँग मिलेर स्वर्ण हात पारिन् । सर्वोत्कृष्ट घोषित भएसँगै आजै युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलले उनलाई युवा प्रतिभा खेलाडी पुरस्कारबाट सम्मान गरिने घोषणा गर्नुभयो । रु एक लाख राशिको सो पुरस्कार आगामी साउनमा प्रदान गरिने छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगितामा मध्यमाञ्चलका अजितकुमार यादवले छात्र एक हजार ५०० मि दौड चार मिनेट १४.५ सेकेन्ड तथा सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी मञ्जु रावतले पाँच मिनेट १०.४ सेकेन्डमा पूरा गर्दै विद्यालयस्तरकै कीर्तिमान बनाएका थिए ।
समग्रमा मध्यमाञ्चल टोली च्याम्पियन बन्यो । मध्यमाञ्चलले ३१९ अङ्क बटुल्यो । दोस्रो भएको पश्चिमाञ्चलले २१९ अङ्क बटुल्यो । त्यस्तै ११८ अङ्कका साथ मध्यपश्चिाञ्चल तेस्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु २५ हजार, रु २० हजार र रु १५ हजार पुरस्कार जिते ।
त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फुटबलको छात्रामा मध्यमाञ्चल र छात्रमा पश्चिमाञ्चलले उपाधि जिते । भलिबलको छात्रमा मध्यमाञ्चललाई हराउँदै पश्चिमाञ्चल च्याम्पियन बन्यो भने छात्रामा मध्यमाञ्चलले बाजी मारयो ।
त्यसैगरी कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल छात्रमा पहिलो भयो । छात्राको फाइनलमा मध्यमाञ्चल सुदूरपश्चिमाञ्चलाई हराउँदै पहिलो भयो । साथै क्रिकेटतर्फ मध्यमाञ्चल फाइनलमा मध्यपश्चिमाञ्चललाई सजिलै ३४ रनले हराएर च्याम्पियन बन्यो । राजधानीका विभिन्न स्थानमा भएको तीनदिने प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली, राखेपका सदस्य सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभयो ।
सो अवसरमा मन्त्री मण्डलले सन् २०१८ मा हुने तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा लाग्न खेलाडी, प्रशिक्षक, पदाधिकारी लगायत सबैलाई आग्रह गर्दै भन्नुभयो, “आफ्नै भूमिमा हुने सागमा तपाइंहरुले देशको नाम अझै माथि उठाउने विश्वास गरेको छु ।”
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने