
दोलखा सदरमुकाम चरिकोटमा शुक्रबार नेकपा माओबादी केन्द्र दोलखाको चौंथो सम्मेलन उद्घाटन गर्नुहुँदै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर ः गोकर्णप्रसाद भण्डारी, दोलखा, रासस
दोलखा, २१ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै काँग्रेस, एमाले र मधेसीसहितको राष्ट्रिय एकताका सरकार गठन हुने बताउनु भएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा नेकपा(माओवादी केन्द्र) दोलखाको चौथो सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “काँग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, काँगे्रस यो देशको ठूलो र एक तिहाइ जनमत भएको शक्ति हो ।”
अध्यक्ष दाहालले राष्ट्रिय एकताको आवश्यकता भएको बताउँदै देशका सबै समस्या राष्ट्रिय एकताबाट हल गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा केन्द्रका नेता लिलामणि पोखरेल र मातृका यादवलगायतले पार्टीलाई विस्तार गरेर पहिलो पार्टी बनाउने दावी गर्नुभयो । उहाँहरुले राष्ट्रिय सहमतिको सरकार बनेपछि आफूहरुले भूकम्पपीडित जनताका लागि अनुदान वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते