
दोलखा सदरमुकाम चरिकोटमा शुक्रबार नेकपा माओबादी केन्द्र दोलखाको चौंथो सम्मेलन उद्घाटन गर्नुहुँदै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर ः गोकर्णप्रसाद भण्डारी, दोलखा, रासस
दोलखा, २१ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै काँग्रेस, एमाले र मधेसीसहितको राष्ट्रिय एकताका सरकार गठन हुने बताउनु भएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा नेकपा(माओवादी केन्द्र) दोलखाको चौथो सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “काँग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, काँगे्रस यो देशको ठूलो र एक तिहाइ जनमत भएको शक्ति हो ।”
अध्यक्ष दाहालले राष्ट्रिय एकताको आवश्यकता भएको बताउँदै देशका सबै समस्या राष्ट्रिय एकताबाट हल गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा केन्द्रका नेता लिलामणि पोखरेल र मातृका यादवलगायतले पार्टीलाई विस्तार गरेर पहिलो पार्टी बनाउने दावी गर्नुभयो । उहाँहरुले राष्ट्रिय सहमतिको सरकार बनेपछि आफूहरुले भूकम्पपीडित जनताका लागि अनुदान वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने