काठमाडौँ, २१ जेठ । गत सोमबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य पुनः गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
उहाँका छोरा राजु गुरुङका अनुसार गुरुङ गएराति १ः३० बजे एक्कासि बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइ राखिएको छ ।
उहाँको उपचारमा संलग्न चिकित्सक डा राजु पौडेलले राति उहाँलाई श्वासप्रश्वासमा समस्या र मुटुको धड्कन रोकिएपछि आइसियुमा राखी उपचार गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘‘अहिले उहाँको मुटुको चाल राम्रो छ । रक्तचाप बढाउने औषधि दिइरहेका छौँ । बीचबीचमा आँखा खोले पनि पूरै होस आएको छैन । अर्धबेहोसको अवस्थामा हुनुहुन्छ ।’’
खाने नलीमा समस्या बढेपछि उहाँलाई धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।
वरिष्ठ सङ्गीतकार गुरुङलाई दुई महिनाअघि नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा खाने नलीमा पलाएको ट्युमरको उपचार गरी नेपाल ल्याइएको थियो । गुरुङलाई मधुमेह र पार्किन्सनको पनि समस्या छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत