काठमाडौँ, २१ जेठ । गत सोमबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य पुनः गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
उहाँका छोरा राजु गुरुङका अनुसार गुरुङ गएराति १ः३० बजे एक्कासि बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइ राखिएको छ ।
उहाँको उपचारमा संलग्न चिकित्सक डा राजु पौडेलले राति उहाँलाई श्वासप्रश्वासमा समस्या र मुटुको धड्कन रोकिएपछि आइसियुमा राखी उपचार गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘‘अहिले उहाँको मुटुको चाल राम्रो छ । रक्तचाप बढाउने औषधि दिइरहेका छौँ । बीचबीचमा आँखा खोले पनि पूरै होस आएको छैन । अर्धबेहोसको अवस्थामा हुनुहुन्छ ।’’
खाने नलीमा समस्या बढेपछि उहाँलाई धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।
वरिष्ठ सङ्गीतकार गुरुङलाई दुई महिनाअघि नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा खाने नलीमा पलाएको ट्युमरको उपचार गरी नेपाल ल्याइएको थियो । गुरुङलाई मधुमेह र पार्किन्सनको पनि समस्या छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार