
काठमाडौँ, २१ जेठ । व्यवस्थापिका–संसद्, अर्थ समितिले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाललाई कानुनअनुसार पुँजीगत लाभकर तिराउन र सोको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले नेपालमा दर्ता भएको, लगानी गरेको र नेपालमा नेपालीसँग कारोबार गरी नाफा कमाएको कम्पनी भएकाले यही नै लाभकर तिर्नुपर्ने निष्कर्ष समेत निकालेको छ । समितिको निर्णयमा भनिएको छ “कम्पनीले सेयर बिक्री गरी स्वामित्व हस्तान्तरण गरेपछि त्यसबाट पुँजी आर्जन गरेको अर्थात् पुँजीगत लाभप्राप्त गरेकोले तिर्नुपर्ने सम्पूर्ण पुँजीगत लाभकर नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने र उक्त कम्पनीबाट असुल गर्नुपर्ने देखिएको छ । ”
समितिले कर असुल गरी सोको विवरण समेत सदनलाई जानकारी गराउन निर्देशन दिइएको सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो । जुन मुलुकमा कम्पनी दर्ता गरी नाफा कमाउँछ सोही मुलुकमा नै लाभकर तिर्नुपर्छ भन्ने मान्यता विपरित एनसेलले जबरजस्ती नै गर्न खोजेको भन्दै सांसदहरुले सरकारी लाचारीपनका कारण पनि समस्या पैदा भएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
सांसदहरुले नेपालमा नाफा कमाएपछि र सेयर बिक्री गरी स्वामित्व हस्तान्तरण गरेर पुँजीगत लाभ लिएपछि नेपालमा नै कर तिर्नुपर्छ भन्ने कुरा प्रष्ट रहेको धारणा राख्नुभयो । समितिको निर्णयमा भनिएको छ “एनसेलको हकमा विगतमा विभिन्न कारोबार भएका, पटक÷पटक स्वामित्व हस्तान्तरण हुँदा कम मूल्य राखी कर दाखिला गरिएको र हालको कारोबार गर्ने पक्षलाई ध्यानमा राखेर कोबाट के कति अनियमितता भएको हो सोसमेत छानबिन गर्नु जायजदेखिएको सम्बन्धमा सम्बन्धित निकायमार्फत छानबिन गरी दोषीलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाउनु जायज छ ।”
समितिले एनसेलबाट सम्पूर्ण कर असुली गरेसकेपछि मात्र सो कम्पनीको पुँजी वृद्धिलगायतका अन्य थप व्यावसायिक योजना÷प्रस्ताव अघि बढाउन उद्योग मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयलाई समेत निर्देशन दिएको छ । समितिमा उपस्थित पूर्व मुख्यसचिव लिलामणि पौड्याललगायतले गैरकानुनी रुपमा कोही कसैलाई पनि कर छुट दिन नहुने र हालसम्म भएका सबै कारोबारको बारेमा जाँच पड्ताल गर्न सुझाव दिनुभएको थियो ।
रु एक खर्ब ४३ अर्बमा बिक्री भएको एनसेलले पुँजीगत लाभकरबापत नेपाल सरकारलाई रु ३६ अर्ब कर तिर्नुपर्ने देखिन्छ । सामाजिक बहिस्कारसम्मको अभियान चलेपछि एनसेलले करिब रु दश अर्ब मात्रै कर तिरेको छ । सांसदहरुले लाभकर नतिर्ने हो भने कानुन बमोजिम एनसेललाई कारबाही गर्नुपर्ने धारणा समेत राख्नुभएको थियो । टेलिसोरियनाले एजिक्टा कम्पनीलाई एनसेलको स्वामित्व हस्तान्तरण गरेपछि पुँजीगत लाभकरका विषयमा विभिन्न क्षेत्रबाट टिप्पणी हुँदै आएको छ ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने