
काठमाडौं, २० जेठ । ड्रिम्स फिल्म पाइरेसी(चोरी)मा संलग्न दुईजनालाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीको अपराध महाशाखाले वितरक हाइलाइट्स नेपाल प्रालि र निर्माता सुपर काजोल फिल्मको उजुरीका आधारमा रुपन्देहीका विधान गरुङ र भक्तपुरका चन्द्र लबाजुलाई पक्राउ गरेको हो ।
चलचित्र निर्माता र वितरक क्रमशः हाइलाइट्स र सुपर काजोलले चलचित्रको बजार व्यवस्थापन अगावै डिजिटल तथा सिडीमा चलचित्र वितरण गरिएकाले आफूहरुलाई रु एक करोड बराबर क्षति पुगेको दाबीसहित उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
पक्राउ परेका व्यक्तिबाट प्रहरीले कम्प्युटर दुईथान, मोबाइल एकथान र पेनड्राईभ एकथानसहित गुरुङ र लबाजुलाई पक्राउ गरेको हो ।
नेपाल चलचित्र कलाकार सङ्घलेसमेत गैरकानुनीरुपमा पूरै चलचित्र पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक घाटा हुनुको साथै समग्र नेपाली चलचित्र क्षेत्रलाई समेत असर पार्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते