
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्दै नेपालका लागि संयुक्त अरव इमिरेट्सका नवनियुक्त राजदूत सइद हमदान मोहमद अल नाक्बी । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, २० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका राजदूतले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आआफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो ।
नेपालका लागि संयुक्त अरब इमिरेट्सका आवासीय राजदूत सइद हमदान मोहमद अल नाक्बी तथा गैरआवासीय राजदूतहरु अल्जेरियाका हम्जा याहिया चेरिफ, साइप्रसका दिमित्रिओ ए थियोफाइलाक्तोउ, चेकका मिलन होभोर्का र किर्गिज गणतन्त्रका राजदूत सर्मागियुल अदमकुलोभाले प्रमाणपत्र पेस गर्नुभएको हो ।
समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, प्रधानसेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव लगायत सरकारका उच्च अधिकारीको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्न नेपालका लागि साइप्रस गणतन्त्रका नवनियुक्त राजदूत दिमित्रिओ ए थियोफाइलाक्तोउलाई बग्गीमा राखेर राष्ट्रपति कार्यालयमा ल्याइँदै । तस्बिर ः प्रदीपराज वन्त,रासस
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त