
सोलुखुम्बु, २० जेठ । हिमाल आरोहणको मुख्य सिजन चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म हजाराँै आरोहीले टनाटन भरिएको सगरमाथा आधार शिविर शून्यतामा परिणत भएको छ ।
सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधार शिविर सुनसान भएको हो ।
अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने १२ जना कर्मचारी मात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिनुभयो ।
वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १६ (मे २९) भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १९ गते (जुन १) भित्र आधार शिविर खाली गरिसक्नुपर्ने सरकारी नियम छ । धेरैजसो आरोही जेठको १४÷१५ गते नै फर्किएका थिए । “सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही काम गर्ने, कोही सामान ओसार्ने, कोही हिमाल चढन जाने बसुँबसँुजस्तो लाग्थ्यो, अहिले त सुनसान भइसक्यो” कार्यक्रम संयोजक राईले भन्नुभयो ।
आधार शिविरको सरसफाइ गरिरहेका कमिटीका सदस्य फर्केपछि सगरमाथा आधार शिविर पूर्णरुपमा शून्यतामा परिणत हुनेछ र त्यस आसपासका प्रायजसो होटलसमेत अबको तीन महिनाका लागि बन्द हुन्छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार