
दक्षिण चीन बाढीको चपेटामा, थप तीन दिन डुबान समस्या
बेइजिङ, १७ जेठ । लगातार परेको वर्षाका कारण दक्षिण चीनको हौहे र याङ्जे नदीमा बाढी आउँदा दशौँ हजार मानिस प्रभावित भएका छन् ।
वर्षाको प्रभाव थप तीन दिन रहने स्थानीय मौसम विज्ञान विभागले सोमबार बताएको छ ।
वर्षाले सोमबारदेखि बुधबारसम्म यस क्षेत्रमा नराम्रो प्रभाव पार्ने बताउँदै विभागले थप सतर्कता अपनाउन चिनियाँ नागरिकलाई आग्रह गरेको छ ।
विभागले आगामी दिनमा पनि चीनको दक्षिणी भूभाग हेनान, सिचुवान, हुवेई, अन्हुई, जियाङ्सु, साङघाईलगायतका ठाउँमा १३० मिलिमिटरसम्म वर्षा हुने राष्ट्रिय मौसम पूर्वानुमान शाखाले बताएको छ ।
लगातार एकहप्तादेखि आएको वर्षाका कारण हुनान प्रान्तमा दुई लाख ७० हजार एवम् गुवाङडोङ प्रान्तमा झन्डै ४० हजार मानिसलाई विस्थापित गरेको छ ।
वर्षाका कारण सो अवधिमा आठ जनाको मृत्यु भएको र छ जना बेपत्ता रहेको चीनले बताएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक