
काठमाडौँ, १७ जेठ । लामो समयपछि सुरु भएको रानीपोखरीको पुनःनिर्माणको काम तीव्र रुपमा अघि बढिरहेको छ ।
‘गोरखा भूकम्प’का कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्ण रुपमा भत्केको थियो । सो मन्दिर भाइटीकाका दिन मात्र खुल्छ, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् ।
रानीपोखरीको पुनःनिर्माण अन्तर्गत अहिले पोखरीको दायाँबायाँ रहेको बार निकाल्ने काम भइरहेको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले बताउनुभयो । हाल बालगोपालेश्वर मन्दिरको माथिल्लो भाग भत्काउने काम सकिएको र पोखरीको आसपासमा रहेको बगैँचा पुनःनिर्माण गर्ने काम भइरहेको कँडेलले जानकारी दिनुभयो ।
पुनःनिर्माण अन्तर्गत पोखरीमा रहेको केही पानी निकालिसकिएको र अब केही पानी निकालेपछि पोखरीको अन्य काम सुरु हुने बताइएको छ । पोखरीमा रहेका माछा भने बालाजु बाइसधारामा लगिएको छ । पानी फाल्ने काम सकेसँगै महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको हिलो फाल्ने काम सुरु हुने जनाइएको छ ।
झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने कामका लागि कति जनशक्तिको आवश्यकता पर्ने, कति खर्च लाग्ने, हिलो कहाँ व्यस्थापन गर्ने भन्ने यकिन नभएको कामपाले जनाएको छ । रानीपोखरीको पुनःनिर्माण अन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर बार निर्माण गरिने, बोटबिरुवा रोपिने तथा हरियाली बनाइने बताइएको छ ।
ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’ प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउनका लागि निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी निर्माण गरिएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उहाँका छोराहरु सहितको सेतो मूर्ति छ । पोखरीकै चारै कुनामा सोह्रहाते गणेश लगायत मन्दिर छ । रानीपोखरीमा केही वर्षदेखि छठ पर्व पनि मनाउन थालिएको छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा