
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चिनीयाँ आरोही Wang Jing को दोस्रो कृति साइलेन्स अफ द समिटको प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक समारोह । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १७ जेठ । नेपालको साहसिक पर्यटन (पर्वतारोहण) बारे पुस्तकका माध्यमबाट विश्वभर प्रचार गर्दै आएकी चिनियाँ आरोही वाङ जिङको दोस्रो कृति ‘साइलेन्स अफ द समिट’ सार्वजनिक भएको छ ।
सर्वोच्च शिखर सगरमाथाको तीनपटक सफल आरोहण गरेकी लेखक वाङले आफ्नो पछिल्लो पुस्तकमा सगरमाथासहित सात महादेशका अग्ला हिमालको अवस्था र आरोहण भोगाइबारे उजागर गर्नुभएको छ ।
त्यस्तै पुस्तकमा आरोही वाङले सात महादेशका आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका अनुभूति र अवस्थितिलाई पुस्तकमा समेटिएको छ ।
एभरेष्ट फिउचर फाउन्डेसनले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा आरोही वाङले १४३ दिनमा विश्वका सात महादेशका आठ हजार मिटरभन्दा अग्ला हिमालको उत्तर र दक्षिण दिशाबाट आरोहण गरेको र तिनको सांस्कृतिक महत्वलाई समेत उल्लेख गरिएको छ ।
आरोही वाङ्को उक्त पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभयो ।
चिनियाँ र अङ्ग्रेजी भाषामा प्रकाशित सो पुस्तक नेपालको पर्वतीय पर्यटनमा उपयोगी हुने अपेक्षा गरिएको छ ।
आरोही वाङले यसअघि सन् २०१३ मा ‘माउन्टेनरिङ लाइफ एट अल्टिच्युड’ नामक पुस्तक पनि प्रकाशन गर्नुभएको थियो ।
नेपाल सरकारबाट इन्टरनेसनल माउन्टेनर–२०१४ सम्मानित तथा नेपाल–चीन सद्भावनादूत–२०१५ समेत रहेकी वाङले सफल महिला व्यवसायीका रुपमा चीनका विभिन्न पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथा आरोही वाङको पछिल्लो पुस्तकले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्नुका साथै नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुरयाउन मद्दत पुग्ने बताउनुभयो ।
नेपाल र चीनबीचको लामो पारस्परिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले पर्वतारोहणसम्बन्धी वाङको पुस्तकले आपसी सम्बन्धलाई मजबुत तुल्याउन उपयोगी हुने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– “सगरमाथासहितका सात महादेशका हिमाल चढ्ने उहाँको जोसपूर्ण साहसलाई म कदर गर्छु । म आश्चर्यचकित भएको छु उहाँको सक्रियता र साहसप्रति ।”
प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिले दुई वर्ष आरोहण अवरुद्ध भई पुनः यस वर्षको वसन्त ऋतुमा सगरमाथासहितका हिमालको उत्साहजनक सफल आरोहणले आगामी दिनमा नेपालको पर्यटनले सफलता पाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
नेपालका लागि चिनीयाँ राजदूत वु छुन्ताई चीन र नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन आरोही वाङको पुस्तक सान्दर्भिक हुने बताउनुभयो ।
उहाँले नेपालका हिमालको सांस्कृतिक महत्व र रहनसहनले दुई देशबीचको जनस्तरको सम्बन्धलाई उजागर गरेको पनि उल्लेख गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पा र एभरेस्ट फ्युचर फाउन्डेसनका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले आरोही वाङको पुस्तकले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा पहिचान र प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’