
काठमाडौँ, १७ जेठ । व्यवस्थापिका–संसद्को दोस्रोपटक बसेको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण पुनः स्थगित भएको छ । आधा घन्टाका लागि स्थगित भएको सदनको बैठक दोस्रोपटक सुरु भएपछि सभामुख ओनसरी घर्तीले नेपाली काँग्रेसका नेता रमेश लेखकलाई बोल्न दिनुभयो ।
उहाँले बजेटका महत्वपूर्ण जानकारी पत्रपत्रिकामा पुगेका कारण सेयर बजारमा असर परेको भन्दै सो विषय गम्भीर अपराध भएको बताउनुभयो ।
व्यवस्थापिका–संसद्को क्षेत्राधिकारको विषय रहेको बजेटअगावै बाहिरिनु संसदीय मर्यादा र गरिमा विपरीतको विषय रहेको भन्दै उहाँले तथ्य र तथ्याङ्क बाहिर जानु न्यूनतम् मर्यादा विपरीतको विषय रहेको उल्लेख गर्नुभयो ।
यसअघि बजेट चुहिएको विषयमा सदनले नै सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा छानबिन समिति गठन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “बजेटको सूचना बाहिर जानु गम्भीर विषय भएको प्रतिवेदन उक्त समितिले दिएकाले सो आधारमा पनि सरकारले प्रस्तुत गरेको व्यवहार पनि गलत छ । यसलाई तत्काल सच्याउनु जरुरी छ ।”
सांसद लेखकले बजेट बाहिर गएको विषयमा छानबिन नहुँदासम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने जानकारी गराउनुभएपछि काँग्रेसका सबै सांसद आशनबाट उठ्नुभयो ।
व्यवस्थापिका–संसद्को तेस्रोपटक बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद महेश आचार्यले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहाइएकाले गम्भीर प्रकृतिको यो घटनाको छानबिन गर्न सरकार अग्रसर हुनुपर्ने माग गर्नुभयो ।
सत्तापक्षसँग मिलेर काम गर्न नेपाली काँग्रेस तयार रहेको तर संसद्को गरिमामा आँच आउने यस्ता गतिविधि पुनः हुन नदिन वार्ताको माध्यमबाटै समस्याको निकास खोज्नुपर्ने बताउनुभयो ।
बजेटका महत्वपूर्ण सूचना चुहुनुका कारणबारे चित्तबुझ्दो जवाफ नआएसम्म संसद्को प्रक्रिया अघि बढाउन नहुने तर्क गर्दै उहाँले बोलेपछि नेपाली काँग्रेसका सबै सांसद आ–आफ्ना आसनबाट उभिनुभयो । उहाँहरूलाई आसनमा बस्न सभामुखले बारम्बार आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएपछि सभामुखले ३ बजेसम्मका लागि संसद् स्थगन गरेको घोषणा गर्नुभयो ।
आजको बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०७३÷७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने कार्यसूची संसद् सचिवालयले निर्धारण गरेको थियो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग