अम्मान, १६ जेठ । अरब क्षेत्रका विज्ञ तथा अधिकारीहरुले इराकको पुनर्निर्माणका लागि सबै अरब राष्ट्रले सघाउने जनाएका छन् ।
उनीहरुले इराकको निर्माणका लागि सघाउनु सबै अरेबियाली देशको कर्तव्य हो भनेका छन् ।
अम्मानको सरकारी समाचार समिति पेट्राले सो जानकारी दिएको हो । अम्मानमा शनिबार आयोजित एक कार्यक्रममा सहभागी विभिन्न अरेबियाली देशका अधिकारी र विज्ञले सो आग्रह गरेका हुन् ।
पान अरब कन्फरेन्समा बोल्दै ती अधिकारीहरुले इराकका लागि सहयोगको याचना गरेका हुन् ।
उनीहरुले इराकमा विगत लामो समयदेखि हिंसा जारी छ र जसका कारण त्यहाँको अवस्था प्रतिदिन जर्जर हुदै गएको छ भन्दै त्यसको पुनर्निर्माणका लागि पनि अरु अरबी देशको सहयोग आवश्यक रहेको जनाइएका छन् ।
इराकमा भत्किएका संरचनाको निर्माण र त्यहाँका अरु सम्भावनासमेतको खोजीमा अरब विश्वको चासो हुनुपर्नेमा उनीहरुको जोड थियो ।
इराकसँग पनि कैयौं सम्भावनाहरु रहेका तर तिनको प्रयोग हुन नसकेको भन्दै इराकसँग अरब विश्वका देशले साझा रुपमा सहकार्य गर्नुपर्ने बताए ।
इराकमा कम्तीमा पनि २१ अरब अमेरिकी डलर बराबरको सहयोगको आवश्यकता रहेको र सो मूल्य बराबरको संरचनाको निर्माण प्रक्रिया पनि सुरु भएकोले यस्तो अवस्थामा पनि सबै अरेबियाली देशको सहयोग आवश्यक रहेको उनीहरुले बताए ।
इराकमा पछिल्लो समयमा सुन्नी र सिया मुस्लिम समुदायकै झगडाले हिंसा र प्रतिहिंसा फैलिइरहेको छ । यसका साथै गएको वर्षयतादेखि त्यहाँ आइएसको पनि हिंसा सुरु भएको छ ।
जसका कारण त्यहाँका शान्ति निकै टाढाको विषय बन्न पुगेको जस्तो देखिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते