
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७३÷७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दा बसेको व्यवस्थापिका–संसदको शनिबारको बैठक । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १५ जेठ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने खर्चमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
‘राष्ट्रिय सूचना आयोगबाट सूचनाको हकको कार्यान्वयन र आमसञ्चारमाध्यमबाट प्रकाशित सूचनाको हकसम्बन्धी विषयवस्तुको परीक्षण गरिनेछ’ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आज व्यवस्थापिका–संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०७३÷७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उल्लेख गरिएको छ ।
त्यसैगरी सरकारले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन नीतिगत, कानुनी र सङ्गठनात्मक सुधार गर्दै तराईमा स्थानीय भाषामा नेपाल टेलिभिजन र रेडियो नेपालको प्रसारण विस्तार गर्ने भएको छ ।
‘ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी माइक्रोवेव ट्रान्समिसनबाट सामुदायिक क्याम्पस, सामुदायिक उच्च माध्यमिक र माध्यमिक विद्यालय एवम् प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क इन्टरनेट सुविधा पुरयाउने भएको छ’ बजेट वक्तव्यमा भनिएको छ ।
‘काठमाडौँ उपत्यका र उपमहानगरपालिका क्षेत्रमा फोरजी सेवा प्रारम्भ गरिनेछ’ – अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमा भन्नुभयो – “मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गमा अप्टिकल फाइवर सञ्चालन विस्तार गरी ७२ जिल्ला सदरमुकाममा तीव्र गतिको इन्टरनेट सुविधा पुरयाइनेछ । अप्टिकल फाइबर पुरयाउन कठिन हुने दुर्गम क्षेत्रमा माइक्रोवेभ ट्रासमिसन सेवामार्फत इन्टरनेट सुविधा विस्तार गरिनेछ ।”
त्यसैगरी हुलाक सेवालाई पुनसंरचना गरी स्थानीय निकायमार्फत सञ्चालन गर्दै सार्वजनिक सेवाका भुक्तानीहरू हुलाकमार्फत हुने र बचत बैंकिङ सेवालाई एबिबिएस प्रणालीमा लैजाने कार्य अघि बढाएको छ ।
‘मुद्रा, पासपोर्ट, अन्तःशुल्क स्टिकर, परिचयपत्र, नागरिकता, प्रमाणपत्र, चेकबुक, सर्टिफिकेटलगायतका सामग्री स्वदेशमै मुद्रण गर्न सुरक्षित मुद्रण छापाखाना स्थापना गर्न नीतिगत, कानुनी र संस्थागत व्यवस्था मिलाइनेछ’ –वक्तव्यमा उल्लेख छ ।
बजेटबारे प्रतिक्रिया दिँदै नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारका बारेमा हामीले उठाएका धेरै सवालमध्ये उपचारमा ५० प्रतिशत छूट र भन्सार छूट मात्र बजेटमा समावेश गरिएको छ भन्नुभयो । उहाँका अनुसार ज्येष्ठ पत्रकार र पत्रकार बिमा र आमसञ्चार प्रशिक्षण प्रतिष्ठानबारे बजेटमा समावेश गरिएको छैन ।
छापा तथा विद्युतीय प्रकाश एवम् गृहले मूल्य अभिवृद्धि करको विवरण चौमासिकमा बुझाउन पाउने व्यवस्था मिलाइने भएको छ । त्यसका साथै सरकारले सञ्चारगृहले पत्रपत्रिकाको प्रकाशनका लागि पैठारी गर्ने अखवारी कागजमा एक प्रतिशतमात्र भन्सार लाग्ने गरी महसुल छूट दिने व्यवस्था गरेको छ ।
झापाको लखनपुर र काठमाडौँमा बन्न लागेका दुई अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको निर्माणकार्य आगामी वर्ष सुरु हुने भएको छ ।
व्यस्थापिका–संसद्मा आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७३÷७४ को बजेट प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा एउटा रङ्गशाला र समान बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि बजेट व्यवस्थापन गरेको जानकारी दिनुभयो ।
त्यस्तै काठमाडौँको मूलपानी, भैरहवा र धनगढीमा निर्माणाधीन क्रिकेट मैदान आगामी तीन वर्षभित्र सम्पन्न गर्ने सरकारले लक्ष्य राखेको छ । त्यसैगरी डडेल्धुरा, बैतडी, धनुषा, मोरङ, दाङ, सुर्खेत र पर्सामा नयाँ क्रिकेट मैदानको निर्माण कार्य यसै वर्ष सुरु हुने भएको छ ।
सन् २०१८ मा नेपालमा हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि आवश्यक भौतिक पूर्वाधार तयार गर्न सरकारले बजेट छुट्याएको छ । साथै सरकारले आगामी वर्ष सातौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि रु २० करोडको बजेट छुट्याएको छ ।
उत्कृष्ट राष्ट्रिय खेलाडी उत्पादन गर्न गर्ने दीर्घकालीन योजनाअनुरुप सबै जिल्लाका सामुदायिक विद्यालयमा अनिवार्यरुपमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिने भएको छ ।
युवा स्वरोजगार कार्यक्रम विस्तार गर्दै कृषि, पशुपक्षी, उद्योग, वन, क्षेत्रबाट सञ्चालित उत्पादन वृद्धि र सेवा क्षेत्रका कार्यक्रममा युवालाई प्राथमिकता दिने नीति सरकारले लिएको छ ।
साथै, युवालाई उद्यमशील बनाई स्थानीय तहमा उत्पादन, रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न ‘दश युवा एक युवा उद्यम’ कार्यक्रम सबै निर्वाचन क्षेत्रमा नमुनाका रुपमा सञ्चालन गर्न सरकारले बजेट छुट्याएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने नीति सरकारले लिएको छ । त्यस्तै मुस्ताङ र सोलुखुम्बुमा ‘हाई अल्टिच्युट स्पोर्टस् स्टेडियम’ निर्माण कार्य प्रारम्भ गरिने भएको छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो