काठमाडौँ, १२ जेठ । भैरव सांस्कृतिक संरक्षण समितिले वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ ‘सर्वज्ञान विष्णुदेवी संस्कृति पुरस्कार– २०७२’ले सम्मानित हुनुभएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उहाँलाई रु ७० हजारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । ७९ वर्षीय गुरुङ राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी’, सैनिक गान ‘जङ्गी निशान हाम्रो’लगायत अन्य धेरै चर्चित गीतका सङ्गीतकार हुनुहुन्छ । भारतको दार्जिलिङमा विसं १९९४ मा जन्मनुभएका गुरुङले गाएको ‘नौ लाखे तारा उदाए’, गीत चर्चित गीत हो ।
कार्यक्रममा उपराष्ट्रपति पुनले सगरमाथा जस्तै उँचो अन्तर्राष्ट्रियस्तरका व्यक्तिलाई सम्मान गर्ने अवसरलाई अविष्मरणीय क्षणका रुपमा लिएको बताउनुभयो । उहाँले गुरुङलाई सुन्दर सङ्गीतका महान् स्रष्टाको सङ्ज्ञा दिँदै भन्नुभयो, “उहाँले रातो र चन्द्र सूर्य जस्तो राष्ट्रिय चेतनाको गीतसँगै राष्ट्रिय गानमा समेत सङ्गीत भरेर नयाँ नेपाललाई पनि योगदान दिनुभएको छ ।”
उपचारपछि स्वास्थ्य सुधारमा रहेका सम्मानित गुरुङले लामो बोल्न नसके पनि भन्नुभयो, “उपराष्ट्रपतिसँगै सबैलाई धन्यवाद !” पुरस्कार छनोट समितिका संयोजकसमेत रहनुभएका कवि तीर्थ श्रेष्ठले बुबाको सङ्गीतकार गुरुङका बुबाको दृष्टान्त दिँदै उहाँलाई प्रवासी नेपाली भन्ने गरेकामा चित्त दुखाउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णदेव प्रधानाङ्गले अहिले रु पाँच लाखको अक्षय कोष रहेको पुरस्कार बढाएर विसं २०७५ सम्ममा सात लाख बनाउने जानकारी दिँदै सो वर्षसम्ममा सम्मानित स्रष्टालाई दिने नगदसमेत रु एक लाख पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखराका शास्त्रीय सङ्गीत साधक सर्वज्ञमान र विष्णुदेवी प्रधानाङ्गका नाममा २०५५ सालमा स्थापना भएको यो पुरस्कार विसं२०६३ देखि राष्ट्रियस्तरको भएको हो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा