काठमाडौँ, १२ जेठ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला सम्पूर्ण हिमालको आरोहण सकिएको छ ।
आरोहणको अन्तिम दिन आजसम्म ४०० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।
त्यस्तै अन्नपूर्ण, मनासलु, मकालुलगायत हिमालको यो मौसममा १०० जनाले सफल आरोहण गरेका छन् । विश्वका १० अग्ला हिमालमध्ये नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठ वटा हिमाल रहेका छन् । वसन्त ऋतुको यस मौसममा गत वैशाख २९ गतेदेखि आरोहण सुरु भएको थियो ।
पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४, अन्नपूर्णमा तीन, मनासलुमा ११, मकालुमा पाँच वटा टोली आरोहणका लागि गएका थिए ।
विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले सगरमाथासहितका हिमाल आरोहणका लागि गएका सबै टोली आजबाट फर्किने क्रममा रहेको राससलाई जानकारी दिनुभयो । “वसन्त ऋतुमा सगरमाथामा मात्रै ४०० बढीले आरोहण गरेका छन् कुन देशका कति आरोहीले चढे भन्ने यकिन विवरण आउन अझै एक साता लाग्छ”– उहाँले भन्नुभयो ।
आठ हजार मिटरमाथिका हिमाल आरोहण सकिएको र केही होचा हिमालको विवरण आइनसकेको विभागले जनाएको छ । यद्यपि विभागको पर्वतारोहण शाखाका ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार यो मौसमका लागि आजबाट सगरमाथासहितका हिमालको आरोहण सकिएको बताउनुभयो ।
छ आरोहीको मृत्यु
वसन्त ऋतुको यो मौसममा सगरमाथा आरोहण गर्ने क्रममा एक नेपालीसहित छ जना आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शेर्पा गाइड, तीन भारतीय, एक अस्ट्रेलियन र एक नेदरल्याण्डका आरोही छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते