कावासोती, ११ जेठ । चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सन्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ ।
चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापना भएको हो । होङ्सी शिवम् सिमेन्ट उद्योगसम्बन्धी जानकारी दिन लगानी बोर्डले परासीमा आज आयोजना गरेको अन्तरक्रियामा उद्योगका बारेमा जानकारी गराइएको थियो ।
यस वर्ष जग्गा व्यवस्थापनको काम थालिएको छ । दुईसय बिघा जग्गा आवश्यक पर्ने भएकाले यो वर्ष जग्गा व्यवस्थापनको काममा खटिएका छौँ, होङ्सी शिवम् सिमेन्टका प्राविधिक शिवरत्न अटलले भन्नुभयो–“बाटो र विद्युत्का बारे सरकारसँग कुरा भइरहेको छ ।”
“उद्योगलाई दैनिक ५० देखि ८० मेगावाट विद्युत् आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “हामीले जग्गाको व्यवस्थापनलाई स्थानीयवासीको समन्वयमा तीव्रता दिएका छौँ । एक सय बिघा प्राप्त भइसकेको छ, बाँकी खोज्दैछौँ ।”
तीन वर्षमा उत्पादन बजारमा ल्याउने गरी कामलाई उद्योगले अगाडि बढाएको छ । यो उद्योगमा होङ्सीको ७० प्रतिशत लगानी र शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको छ । दैनिक दुई हजारले रोजगार पाउने भएकाले उद्योग स्थापनासँगै स्थानीयवासी खुसी भएका छन् । नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेलले उद्योग स्थापनाले समृद्धिको आधार खोल्ने बताउनु भएको छ । पाल्पाको ज्यामिरेबाट कच्चा पदार्थ (क्लिंकर) ल्याउने र यहाँ सिमेन्ट उत्पादन हुँदा अहिलेको बजारमा ३० प्रतिशत आपूर्ति गर्छ ।
स्वदेशमै उत्पादन भइरहेको सिमेन्टले अहिले ७० प्रतिशत बजार ओगटेको छ बाँकी ३० प्रतिशत यसको उत्पादनले आपूर्ति गर्छ, होङ्सी शिवम् सिमेन्टका प्राविधिक अटलले भन्नुभयो–“देशभित्रको बजारलाई पूर्ति गरेपछि बाहिर पनि पठाउन सकिन्छ ।” सुरुको वर्ष ६ हजार मेट्रिक टन उत्पादन भएपनि दोस्रो चरणबाट १२ हजार मेट्रिक टन दैनिक सिमेन्ट उत्पादन हुने उहाँले बताउनुभयो । ओपिसी र पिपिसी दुवै सिमेन्ट यहाँ उत्पादन हुन्छ ।
सिमेन्ट उद्योगले गाउँको अनुहार नै फेरिने भएको स्थानीयवासी घनश्याम गिरीले बताउनुभयो । नवलपरासी क्षेत्र नं २ का सांसद जीवन श्रेष्ठले ठूला परियोजनालाई सरकार र स्थानीयवासीको सहयोग हुने भएकाले ढुक्क भएर कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो । क्षेत्र नं ४ का सांसद बैजनाथ चौधरीले समृद्धिको आधार उद्योग कलकारखाना भएकाले सरकारले लगानीको वातावरण बनाउने काम गरेको बताउनुभयो । यो सरकार लगानीको वातावरण बनाउँछ, उद्योगी काममा लाग्नुपर्छ सांसद चौधरीले भन्नुभयो ।
लगानी बोर्डका सहसचिव रवि भट्टराईले उद्योगको स्थापनाबाट हुने फाइदाका बारेमा बताउनुभएको थियो । “लगानी बोर्डको काम उद्योगपतिको समस्या समाधान गर्ने र लगानी भित्र्याउने हो त्यसमा प्रधानमन्त्रीको निर्देशन पनि छ, हामी काममै लागेका छौँ”, उहाँले भन्नुभयो –“जिल्लाका जनप्रतिनिधि र स्थानीयवासीको सकारात्मक भावनाले हामीलाई उत्साहित बनाएको छ ।”
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग