
काठमाडौँ, ११ जेठ । सरकारले नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आगामी आइतबार (मे २९) मनाउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालको पर्यटकीय विशेषतालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका लागि यो दिवस मनाउन लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको पर्यटकीय विकासका लागि यो दिवसले महत्वपूर्ण भूमिका राख्दछ ।” दिवसका अवसरमा नौजना आरोहीलाई सम्मान गर्ने भएको छ ।
सम्मेलनमा सचिव राईले आफ्नो ज्यान जोखिममा पारेर सगरमाथा आरोहणमा सजिलो होस् भनेर अफ्ठ्यारो ठाउँमा डोरीको व्यवस्था गरेको भन्दै आरोहीलाई नगद रु ५० हजारसहित सम्मान गर्न लागिएको बताउनुभयो । सोही दिन सगरमाथा अङ्कित हुलाक टिकटमा टाँचा लगाइनेछ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले नेपालको पर्यटन विकास र प्रवद्र्धनमा यो दिवसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही दिन बिहान पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सामूहिक रुपमा सञ्चयकोष भवनदेखि नेपाल पर्यटन बोर्डको भवनसम्म पदयात्रासमेत गर्ने भएका छन् ।
सगरमाथा आरोहणका क्रममा भूकम्पमा परी गत वर्ष १६ जना आरोहीको मृत्यु भएको थियो भने केही समय आरोहण अवरुद्ध भएको थियो । यस वर्ष चार सयभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते