
काठमाडौँ, ९ जेठ । केन्द्रीय तथ्याङ्क विभागले २१७ नगरपालिकामा सहरी सर्वेक्षण सुरु गरेको छ ।
तीन वर्षको अन्तरालमा ५८ नगरपालिकाबाट २१७ पुरयाइएपछि पूर्वाधार, शिक्षा, स्वास्थ्य, जीवनस्तरलगायतको अवस्था के छ भनी अध्ययन गर्न सर्वेक्षण सुरु गरिएको विभागका उपमहानिर्देशक एवम् सामाजिक तथ्याङ्क महाशाखा प्रमुख डा रुद्र सुवालले राससलाई जानकारी दिनुभयो ।
“बत्ती, सडकलगायत भौतिक पूर्वाधार नपुगे पनि १० हजार जनसङ्ख्या भएको स्थानलाई नगरपालिका घोषणा गरिएको पाइएको छ, सर्वेक्षणपछि कस्तालाई नगरपालिका बनाइयो, त्यसको यथार्थ सार्वजनिक गछौँ”– उहाँले भन्नुभयो ।
हाल मुलुकमा एक महानगर, १२ उपमहानगर र २०४ नगरपालिका छन् । यी नगरपालिकाको पारिवारिक विवरण लिन पनि सर्वेक्षण गर्न लागिएको विभागले जनाएको छ । सर्वेक्षणपछि नगरपालिकामा पानी, बत्तीलगायत पूर्वाधारको के–कस्तो सुविधा र पहुँच छ भन्ने तथ्य थाहा हुने उपमहानिर्देशक सुवालले बताउनुभयो ।
प्रतिनिधित्वमूलक छनोट विधिका आधारमा सहरी सर्वेक्षण गर्न लागिएको छ । सर्वेक्षणमा बसाइँसराइ, देश बाहिर कति रोजगारीमा छन्, कति विप्रेषण भित्रिन्छ ? लगायत ६० प्रश्न सोधिने बताइएको छ । दुई महिना लगाएर गरिने सर्वेक्षणमा परिवार मुलीसँगको सम्बन्ध, कति पढेको ?, के विषय पढेको ?, आर्थिक विवरणसम्बन्धी प्रश्न पनि समावेश गरिएको छ ।
नगरपालिकामा बसोबास गर्ने १५ देखि ४९ वर्ष उमेरका महिलालाई कति बच्चा छन् भन्ने प्रश्न पनि तयार गरिएको छ । सर्वेक्षणमा सहरी क्षेत्रको जन्म र मृत्युदरको अवस्था के छ भनी बुझिनेछ ।
“विसं २०६८ को जनगणनाअनुसार सहरी क्षेत्रमा १७ प्रतिशत जनसङ्ख्या बसोबास गर्थे, तीन वर्षको अन्तरालमा ५८ बाट २१७ नगरपालिका बनाइएपछि ४० प्रतिशत सहरमा बस्छन्, अहिलेको प्रक्षेपणअनुसार नगरपालिकामा बस्ने मानिसको सङ्ख्या एक करोड १० लाछ छ”– उहाँले भन्नुभयो ।
सर्वेक्षणपछि सहरी क्षेत्रको आर्थिक, सामाजिक अवस्था बुझ्न र नीति निर्माणका लागि सहयोग पुग्ने विभागको विश्वास छ ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी