
काठमाडौँ, ९ जेठ । सगरमाथा आरोहण प्रारम्भ भएको १२औँ दिन आज २५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
यसअघि शनिबार ५० भन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । यससहित वसन्तऋतुको यो मौसममा आजसम्म ३७८ स्वदेशी तथा विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।
आज २५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको र कुन देशका कति आरोही चुचुरोमा पुगे भन्नेबारे यकिन विवरण आइनसकेको पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार सगरमाथा आरोहण गर्ने क्रममा शनिबार दिउँसो भारतका चार जना आरोही सम्पर्कविहीन भएको र तीमध्ये दुईजना सम्पर्कमा आएका छन् । बुझिएअनुसार भारतको कोलकाता प्रहरीका प्रहरी निरीक्षक गौतम घोष र अर्का परेशचन्द्र नाथ अझै सम्पर्कविहीन रहेका छन् ।
वसन्तऋतुको यस मौसममा गत वैशाख २९ गतेदेखि आरोहण सुरु भएको थियो ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग